Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

अचार सहिताको धज्जि उडाउदै जसपा पार्टी, प्रचार प्रसारमा शिक्षकसहित बालबालिकाको प्रयोग

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २२ | मध्यान्ह ०७:०७ बजे

उमेश दुबे
बीरगंज २१ कात्तिक । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिक्दै जादा निर्वाचन अचार सहिताको जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले धज्जि उडाएको पाइन्छ । खास गरी पर्सा जिल्लाको हकमा हेर्न हो भने मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारले नै धज्जि उडाएको पाइएको हो ।

पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले—जसपा गठबन्धनको तर्फबाट जसपाका प्रदिप यादवले पार्टी प्रचार प्रसार गर्नको निम्ति शिक्षक पेशामा कार्यरत रहेकाहरु लाई लगाएको प्रमाण समेत फेला परेको छ । जसपाका उम्मेदवार प्रदिप यादवकी श्रीमति पिंकी यादव, शिक्षक संतोष सरार्फ लगायत दर्जनौ शिक्षकहरुलाई पार्टी प्रचार प्रसारमा लगाएको बारे समाचार उजागर भएपनि निर्वाचन आयोगले कानुनी कारवाही अगाडी बढाउनुको साटो मौन धारण गरेको पाइन्छ ।

arkhala ads

निर्वाचन आयोगको आदेशलाई धज्जि उडाउदै पार्टी प्रचार प्रसारमा लगेकी महिला पिंकी यादव, उम्मेदवार प्रदिप यादवकै श्रीमति हुन । उम्मेदवारबाटै आचार सहिता विपरीत पार्टी प्रचार प्रसारमा लागेपनि कारवाही प्रकृया अगाडी बढाउनुको साटो मौन धारण गर्नुले निर्वाचन आयोगको नीति निर्देशन माथि प्रश्ण चिन्ह खडा भएको छ । निर्वाचन आयोगले कुनैपनि किसिमको सरकारी कर्मचारी पार्टीको प्रचार प्रसारमा लागेको फेला परे जागिर नै जाने बताएपनि निर्वाचन क्षेत्र नम्बर १ मा त्यसको कार्यवयन हुन नसकेको देखिन्छ ।

पिंकी यादव शिक्षक हुन की नेतृ ?
पिंकी यादव शिक्षक हुन की नेतृ ? भन्ने बिषयमा वीरगंज महानगरपालिका वडा नम्बर २२ मनियारीका स्थानीय बताउछन । निर्वाचन आउदा नेतृ बनेर पार्टीको प्रचार प्रसारमा लाग्ने र निर्वाचन पश्चात शिक्षक बनेर स्थानीय बिद्यालयमा अध्यण गराउने, स्थानीयहरु बताउछन । त्यस्ता शिक्षकहरुले गर्दा ३ सय भन्दा बढी बिधार्थीहरु रहेको बिद्यालयमा हाल मात्र ३० जना अध्यणरत रहेको स्थानीय बताउछन । पिंकी यादव शिक्षक हुन की नेतृ ? चिन्नै गारो भएको स्थानीयहरुले दुखेसो पोखे ।

निर्वाचन आयोगले शिक्षक पेशामा आवद्ध रहेकाहरुलाई पार्टी प्रचार प्रसारमा रोक लगाएपनि पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा उक्त आदेशलाई धज्जि नै उडाएको पाइन्छ । यस्तो खुलम खुल्ला पार्टी प्रचार प्रसारमा लागेका शिक्षकहरु माथि निर्वाचन आयोगले कारवाही गर्ने हुन की होइनन हेर्न बाकी नै रहेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved