काठमाडौं, कात्तिक २३ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार चार सयले बढेको छ । अघिल्लो दिन प्रति तोला रु ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला रु ९५ हजार चार सय तोकिएको छ ।



नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य पनि एक हजार चार सयले नै बढेर प्रतितोला रु ९४ हजार नौ सय पुगेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार पाँच सय थियो ।


त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ ।








