Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

२५ बर्ष देखि नगुडेको बिकासको रेल अब एक्सप्रेस गतिमा गुड्छ : विनोद चौधरी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २३ | मध्यान्ह ०७:०७ बजे

नवलपरासी, कात्तिक २३ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले विकासको यात्रामा जोडिन सबैलाई आह्वान गरेका छन् ।

बिगतमा यस क्षेत्रबाट चुनाव जितेर जाने नेतृत्व प्रति आक्रोस व्यक्त गर्दै चौधरीले भने ‘२५ बर्ष सम्म यो क्षेत्रलाई उपेक्षा गरियो अब जनताको भावनामाथी खेलबाड हुदैन ।’ उनले थपे ‘२५ बर्ष देखि नगुडेको बिकासको रेल अब एक्सप्रेस गतिमा गुड्छ आउनुहोस सगै यात्रा गरौ जो छुटे तिनिहरु सदाकालागि छुटे ।’

arkhala ads

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले आज प्रतापपुरमा गरेको आमसभालाई सम्बोधन गर्दै चौधरीले बिकास, शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था र यहाको जिवनस्तर उस्ताको उस्तै रहनु दुर्भाग्यपुर्ण रहेको बताए । आम जनताको भावनालाई भड्काएर ब्ल्याकमेल गरेर जनताको मतलाई सत्ताको भर्याङ बनाउने प्रवृत्ति धेरै नटिक्ने चौधरीले बताए ।

स्थानीय श्रोत साधनको समुचित सदुपयोग गरेर अघि बढ्न सके परिवर्तन चाडै नै सम्भव रहने बताउदै उमेदवार चौधरीले जनताबाट अनुमोदित नभएको राजनितिक यात्रा दिर्घकालिन नहुने उल्लेख गरे । अरुले जस्तो नकारात्मक टिप्पणि गरेर बिरोध गर्ने आफुसँग फुर्सद नभएको र सकारात्मक सोच र उचित एजेन्डामा नै जिवन समर्पित भएको धारणा व्यक्त गरे ।

‘म त विकास बिरोधि होईन बिकासको बिरोध गर्नलाई त त्रिपाठि जि नै हुनुहुन्छ’ उनले भने ‘हामिले फाउन्डेसन मार्फत केरामा आधारित उधोग खोल्न लागेका थियौ यहाकै युवाले नै रोजगारी पाउथे त्यसलाई त्रिपाठि जिले रोक्ने प्रयत्न गर्नु भो ।’ बिकास विरोधी को ? जनताले बुझ्न आवश्यक रहेको चौधरीले बताए । चौधरी फाउन्डेसनले सुस्ताको वडा नम्बर ३ मा केरामा आधारित उधोग खोल्न दर्ता प्रक्रिया भइसक्दा त्रिपाठिले आपत्ति जनाएका थिए ।

यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले राजिनिति सँगै मुलुकको आर्थिक बिकास जोडिने हुदा यस क्षेत्रको सर्वाङगिण बिकासका लागि बिनोद चौधरीलाई जिताउनुपर्ने तर्क व्यक्त गरे । नागरिकता बिहिनको सवालमा बोल्दै निधिले एमालेले बिधयेक रोकेको बताउदै गठबन्धन सरकार बनेपश्चात राष्ट्रपति परिवर्तन गरेरै भएपनि नागरिकता बिधयेक पास गराउने दावि गरे । कार्यक्रममा कार्यकर्ता तथा सुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved