Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

अब नेतातन्त्र होइन, जनतातन्त्र चल्छ : स्वतन्त्र उम्मेदवार द्विवेदी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २३ | मध्यान्ह ०९:०७ बजे

पर्सा, २३ कात्तिक । बर्षौदेखी नेपाली जनतामाथि चल्दै आएको नेतातन्त्र यसपालिको निर्वाचनपछि जनतातन्त्र चल्ने स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले दावी गर्नुभएको छ । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले जनताकै मतले निर्वाचित हुने र जनतालाई दास झै व्यवहार गर्नेहरुको यसपालिको निर्वाचन पश्चात अन्त्य हुने बताउनु भएको हो ।

पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीले हालसम्म जनताकै मतले निर्वाचित हुने गरेको र जनतालाई नै शोषण गर्ने गरेको बताए । उनले जनताको मतबाट निर्वाचित हुने र जनताको विकासको लागि पुग्ने रकम भ्रष्टाचारकै माध्यमले सखाप हु्ने गरेको बताउदै त्यस्ता भ्रष्टाचार बिरुद्ध आफुले उम्मेदवारी दिएको बताउनु भयो । यसपालिको निर्वाचनमा जनताकै बिश्वास र जनताकै भरमा आफुले चुनाव लाडेको बताउदै यसपालिको निर्वाचनमा जनताकै जित हुने बिश्वास लिएको बताउनु भयो ।

arkhala ads

स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले कुर्सीको लागि राजनीति गर्ने र जनताको मर्म संग राजनीति गर्नेहरु कहिले जनताको हुनै नसक्ने बताए । कुर्सीको लोभमा आफ्नै पार्टीका अध्यक्षको पुत्ला दहन समेत गर्ने त कहिले कुर्सीको लागि जनतालाई प्रयोग गर्दै बाटो अवरुद्ध गराउनेहरु जनताको हितमा नसोचेर आफ्नो स्वार्थको लागि सोच्ने मान्सीक्तालाई यसपालिको निर्वाचनमा जनताले जवाफ दिने बताए ।

कुर्सी पाउदैमा महाराजा बनि जनतालाई दास झै प्रयोग गर्नेहरुलाई यसपालि जनताले आफ्नो एकाधिकार मतबाट जवाफ दिने, उनले बताए । जनताको भविष्य जनताकै हातमा रहेको भन्दै यसपालिको निर्वाचनमा जनताकै जित हुने समेत जिकिर गरे । यता पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीले आफ्नो क्षेत्रका जनतालाई यसपालिको निर्वाचनमा मछरी छापमा मतदान गरी भ्रष्टाचार बिरुद्धको अभियानमा सहभागि हुन आग्रह गरे ।

उनले परिवर्तनका लागि, आफ्नो हक सुनिश्चित गर्नका लागि, भ्रष्टाचार बिरुद्ध कडा अवाज उठाउनका लागि यसपालि जनताले स्वतन्त्रकै पक्ष मछरी छापमा मतदान गर्न विश्वास लिएको बताउनु भयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved