Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

वीरगंजको श्रीपुरमा स्वतन्त्र उम्मेदवार द्विवेदीको भव्य स्वागत, घरदैलोमा जुटे हजारौ युवा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २४ | मध्यान्ह ०७:०७ बजे

पर्सा, २४ कात्तिक । वीरगंजमा चुनावी सरगर्मी छाएको छ । चुनावी मैदानमा गठबन्धन बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीको घरदैलो कार्यक्रममा हजारौ युवाहरु सहभागि जनाउदै भव्य रुपले स्वागत गर्नुको साथै घरदैलोमा समेत सहभागि जनाउदै एकयवद्धता जनाएका हुन ।

बिहिवार बिहान करिब ७ बजेदेखी वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा घरदैलो कार्यक्रम रहेको सुचना पाउनसाथ स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई युवा तथा बृद्धहरुले भव्य स्वागत गर्नुको साथै घरदैलोमा समेत सहभागिता जनाएका थिए । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदी स्वच्छ छबि भएका र केही गर्न सक्ने आट राख्ने नेताको रुपमा मानिएकोले समर्थन गरिएको स्थानीय युवाहरु बताउछन ।

arkhala ads

वीरगंज महानगरपालिका वडा नम्बर ११ निवासी अशोक साहका अनुसार यस अगाडी निर्वाचित गराएर पठाएका माननीयले आफ्नो क्षेत्रमा काम गर्न नसकेको कारण यसपालि परिवर्तनको निम्ति अजय द्विवेदीको पक्षमा उभिएको बताए । उहाले मात्र परिवर्तनको लागि होइन, वीरगंजको मुहार फेर्न सकिने भएकोले यसपालिको निर्वाचनमा स्वतन्त्रको पक्षमा उभिएको बताए । निर्वाचनको समयमा एकाधिकार मत प्रयोग गर्ने जनता नै हुन तर निर्वाचित भए लगतै त्यही नेताले निर्वाचित गराउने जनतालाई दास झै व्यवहार गर्ने गरेको कारण पनि स्वतन्त्रको पक्षमा उभिएको, उनले बताए ।

अर्का स्थानीय रामनिवास मण्डलका अनुसार मधेसको मांग पुरा हुने आश्वास दिदै यसअघि निर्वाचनमा निर्वाचित भएका नेताले आफ्नो कुर्सीको लोभमा मांग पुरा गर्न नसकेको आरोप लगाए । उनका अनुसार मधेस आन्दोलनमा शहादत भएकाहरुको मुर्ती त बनाईयो, तर संरक्षण हुन सकेन, मधेसी जनताको लागि एक बृद्धले आफ्नो सन्तान त गुमाए तर आश्वास बाहेक केही पाएन्न । निर्वाचनको समयमा मधेसी जनता निर ठुला ठुला भाषण गरेका नेताहरुले एउटा पनि आश्वासन पुरा गर्न सकेन्न । मधेसी दलको नाममा उल्टै मधेसीहरु ठगिएको, उनले बताए । जसका कारण अहिलेको समयमा गठबन्धन भन्दा पनि स्वतन्त्रको पक्षमा जनलहर बढ्दै गएको रामनिवास मण्डलले जानकारी दिनुभयो ।

यता पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले यसपालिको निर्वाचनमा गठबन्धनका नेताहरु जति प्रयास गरेपनि मधेसी जनता नठगिने बताएका छन । मासु र रक्सीको भरमा निर्वाचित हुदै आएका नेताहरुको जवाफ यहिका जनताले आफ्नो एकाधिकार मतले दिने, उनले बताए । मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनताको जित हुने बिश्वस्त रहेको बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved