Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चार माध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २४ | मध्यान्ह ०९:०७ बजे

काठमाडौं २४ कार्तिक । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चार माध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवारसमेतले पालना गर्नु पर्ने सञ्चार माध्यमको प्रयोग सम्बन्धी आचरणअन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एम.एम. रेडियो तथा पत्र पत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था छ ।

arkhala ads

तर, अनलाइन सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने सम्बन्धमा स्पष्ट उल्लेख नभएकोले सो सम्बन्धमा स्पष्ट गरी राजनीतिक दल वा उम्मेदवारले सञ्चार माध्यमको प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था गर्नु उपयुक्त भएकोले निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचिकृत भएका अनलाइन सञ्चार माध्यममा प्रचारप्रसार गर्न पाउने निर्णय गरेको हो ।

  •  राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचारप्रसार सम्बन्धी बढीमा एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री अनलाइन सञ्चार माध्यमबाट प्रसारण गराउन सक्ने ।
  •  राजनीतिक दलले निजी क्षेत्रको अनलाइन सञ्चार माध्यमबाट रोडब्लक, कन्टेन ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (समाचारको बीचमा)को माध्यमबाट निर्वाचन प्रचारप्रसार गराउन सक्ने ।
  • खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चार माध्यमबाट प्रकाशन वा प्रसारण गरिने निर्वाचन प्रचारप्रसार सामग्रीमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने ।
  • खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चार माध्यमबाट गरिने निर्वाचन प्रचारप्रसार सामग्रीमा कसैप्रति गाली गलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो विषय समावेश भएमा निर्वाचन आचारसंहिता उल्लंघन भएको मानिने ।
  •  खण्ड (क) वा (ख) बमोजिम अनलाइन सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा विदेशी अनलाइन सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गर्न नहुने ।
  • राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानून बमोजिम पेश गर्नु पर्ने निर्वाचन खर्चको विवरणमा समावेश गरी पेश गर्नु पर्ने ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved