नवलपरासी, कार्तिक २६ । पश्चिम नवलपरासीमा अबैधी रुपमा भारतबाट ल्याएको चिनी बरामद गरिएको छ ।



शुक्रवार प्रतापपुर गाउँपालिका – ५ धर्मौकी इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले वेवारीसे अबस्थामा रहेको चिनी बरामद गरेको सुचना अधिकारी केशवराज थापाले जानकारी दिएको
छ ।


बरामद अबैध चिनी १२५ बोरा(६२५०केजी) रहेको छ । चिनीको कुल मूल्य ५०००००/- लाख बराबरको छ । उक्त चिनी बरामद गरि भन्सार कार्यालय महेशपुर बुझाउने प्रक्रियामा रहेको जानकारी दिनुभएको छ । पछिल्लो समयमा पश्चिम नवलपरासीको सीमानाकाबाट अबैधरुपमा भन्सार छली नेपाल ल्याईरहेको बिभिन्न किसिमका सामान बरामद गर्ने क्रम बढेको छ ।
केही हप्ता अगाडि सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले चिनीसहित दुई ट्रक, चिनीसहित एउटा पिकअप बोलेरो, कस्मेटिकका सामान, कुखुरा, पटका लगायतका अबैध सामान बरामद गरि भन्सार कार्यालय महेशपुरमा बुझाएको थियो ।








