Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २६ | बिहान ०९:०७ बजे

चितवन २६ कार्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीका अधिकृत र जवानहरूलाई उनले निर्देशन दिएका हुन् ।

arkhala ads

भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका अधिकृत र तालिममा रहेका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले सत्य सेवा सुरक्षणमको सङ्कल्पसहित प्रहरीले मतदानस्थलमा खटिएर सुरक्षित मतदान कार्यमा सघाउँदै आएको बताए । उनले भने, “मङ्सिर ४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन चनाखो भएर लाग्नुहोस् ।”

कुनै दल र उम्मेदवारले मतदातालाई प्रभावित पार्न नगद वा जिन्सी सामान दिएको पाइएमा ठाउँको ठाउँ कारबाही गर्न नेपाल प्रहरीलाई अधिकार सुम्पिएको स्पष्ट गर्दै उनले मतदाता, मतपेटिका र मतगणना कार्यको सुरक्षा गरेर निर्वाचनको निष्ठा जोगाउने कार्यमा सघाउन आग्रह गरे ।

“मतदान केन्द्रमा सही मतदाता आएका छन् या अवरोध गर्ने तत्वहरू आएका छन्, त्यसको सूक्ष्म विश्लेषण गर्नुस् । केन्द्रभन्दा बाहिरको वातावरण र सुरक्षाबारे फैलन सक्ने भ्रम चिरेर कोही आत्तिनु पर्दैन”, उनले भने । थपलियाले थपे, “ढुक्कले मतदानमा सहभागी हुन सकिन्छ भन्ने सन्देश आम मतदातालाई उत्साहका साथ सुरक्षाको प्रत्याभूति गराउनुस् ।”

प्रमुख आयुक्त थपलियाले मतपत्र र मतपेटिकामा कसैले छड्के आँखा (कुदृष्टि) लगाएमा, सम्झनुस्, त्यो तपार्इंका विरुद्धको कुदृष्टि हो भने । उनले भने, “त्यसलाई ठाउँको ठाउँ कारबाही गर्नुस् ।”

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी प्रमुखलगायत सहभागी कार्यक्रममा शिक्षालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारीले आयोगको निर्देशनबमोजिम निर्वाचनलाई निष्पक्षरूपमा सम्पन्न गराउन प्रहरीले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिज्ञा व्यक्त गरेका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved