Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कावासोतीमा शाइन रेसुङ्गा बैंकद्वारा वृक्षारोपण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक २७, आईतवार १२:१२ बजे प्रकाशित

कावासोती, कात्तिक २७ । पूर्वी नवलपरासीको कावासोतीमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले वृक्षारोपण गरेको छ । बैंकको कावासोती शाखाद्वारा शनिबार कावासोती –८ मा रहेको लुम्बिनी आर्दश डिग्री कलेजको परिसरमा वृक्षारोपण गरेको हो ।

बैंकले आफ्नो १४ औं वार्षिक उत्सव तथा सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत फलफुल सहित बिभिन्न १० जातको एक सय बिरुवा रोपण गरेको बैंकका कावासोती शाखा प्रमुख विश्वास थापाले जानकारी दिए । वृक्षारोपण कार्यक्रममा लुम्बिनी आर्दश डिग्री कलेजका क्यापस प्रमुख बाबुराम रानाको प्रमुख आतिथ्यता रहेको थियो । उनले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कलेजमा वृक्षारोपण गरेकोमा धन्यवाद दिँदै अझ वित्तिय कारोवारसँगै अन्य सामाजिक काममा पनि सहभागी हुन अनुरोध गरेका थिए ।

arkhala ads

कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक कावासोती शाखाका शाखा प्रमुख बिश्वास थापाले देशभर १४ हजार विरुवा रोपण गर्ने लक्ष्य रहेको र सोही अभियान अन्तर्गत लुम्बिनी कलेजमा एक सय बिरुवा रोपण गरेको बताए । उनले कलेजमा वृक्षारोपण गर्दा हरियालीसँगै वातावरणमैत्री समेत हुने भएकाले कलेजमा वृक्षारोपण गरेको बताए ।

वृक्षारोपण गरिएका बिरुवाकोे रेखदेख र संरक्षण क्यापसले नै गर्ने शाखा प्रमुख थापाले बताए । वृक्षारोपण कार्यक्रममा सानिमा लाइफ इन्सुरेन्स कावासोती शाखाका प्रशान्त चापागाई, नेको इन्सुरेन्स कावासोती शाखाका अनुप शर्मा, वच नेपाल प्राविका प्रिन्सिपल सुरज सापकोट, बैंकका कर्मचारीहरुसहित कावासोतीका युवाहरुको सहभागीता रहेको थियो ।

अहिले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको कावासोती शाखासहित देश भर ८६ वटा शाखा कार्यालय, एक वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved