Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जसपा–एमाले गठबन्धनको घरदैलोमा बालबालिका प्रयोग, निर्वाचन आयोगले गर्छ त कारबाही ?

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २७ | मध्यान्ह ०३:०७ बजे

वीरगञ्ज, कात्तिक २७ । वीरगञ्ज महानगरपालिकामा जसपा–एमाले गठबन्धनको चुनावी प्रचारप्रसारमा आचार संहिताको उल्लंघन भएको पाइएको छ । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा जसपा–एमाले गठबन्धनले प्रचार प्रसार तथा घरदैलो जस्ता कार्यक्रलाई तिव्रता दिएको छ ।

गठबन्धनले कार्यक्रममा तिव्रता दिएपनि आचार संहिताको व्यापक उल्लंघन गरेको पाइएको छ । निर्वाचन आयोगले बारम्बार आचार संहिताको उल्लंघन नर्गन पार्टी तथा उमेदवारहरुलाई निर्देशन गरीरहे पनि वीरगञ्जका जसपा–एमाले गठबन्धनले आयोगको निर्देशनलाई नजरअन्दाज गरि आचार संहिताको उल्लंघन गरेको मतदाताहरुले बताएका छन् ।

arkhala ads

वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा जसपा–एमाले गठबन्धनले गरेको चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा बालबालीहरुलाई विभिन्न किसिमको प्रलोभन दिइ प्रयोग गरेको पाईएको छ । आइतबार विहान वडा नं. ११ श्रीपुरका वडाध्यक्ष अजय चौरसीयाको नेतृत्वमा आयोजना भएको घरदैलो कार्यक्रममा दस वर्ष उमेर मुनिका बालबालिकालाई विद्यालय जानबाट बन्चित गरी झण्डा तथा चुनावी पर्चा हातमा थमाई चुनावी प्रचार प्रसार भइरहेको छ ।

चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग हुदा सो क्षेत्रका आम मतदाताहरुको आपत्ति समेत रहेको बताइएको छ ।

निर्वाचन आयोग गर्छ त कारबाही ?

स-साना बालबालिकालाई कुनै पनि काम गराउन दण्डनीय मानिने गरिन्छ, तर निर्वाचनको समयमा त्यही बालबालिकालाई प्रयोग गर्दै आचार संहिताको उल्लंघन गर्दै पार्टीको प्रचारप्रसारमा लगाउदा पनि निर्वाचन आयोग मौन बस्नुले प्रश्न खडा हुन्छ ।

निर्वाचन आयोगले पार्टी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिए उम्मेदवारलाई नै दण्डीत गर्ने प्रावधान बनाएपनि मात्र कागजमै सिमित रहेको बारे यी तस्बिरले प्रमाणित गरेको छ । निर्वाचन आयोगले बनाएको नीति निर्देशनलाई उम्मेदवारले लत्याउदै आफ्नो पार्टी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिरहे पनि मौन बस्नुले निर्वाचन आयोगले बनाएको नीति निर्देशन माथि नै प्रश्न चिन्ह खडा भएको छ । यस बिषयमा निर्वाचन आयोगले समयमै ध्यान पुर्‍याउन जरुरी देखिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved