Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मत्स्य व्यवसायी संघ चितवनले सोमबार दुई टन माछा नष्ट

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक २९ | बिहान ०७:०७ बजे

चितवन २९ कार्तिक । मत्स्य व्यवसायी संघ चितवनले सोमबार दुई टन माछा नष्ट गरेको छ ।

भारतबाट अवैधरुपमा नेपाल भित्रिएको भन्दै आइतबार बिहान नियन्त्रणमा लिएको उक्त माछा सशस्त्र प्रहरी बल आँपटारी परिसरभित्र नष्ट गरिएको हो।

arkhala ads

नेपाली बिलमा भारतीय माछा ल्याएको भन्दै चितवनका मत्स्य व्यवसायी गत असोज १ गतेदेखि आन्दोलनमा छन्। सोही क्रममा आइतबार बिहान पशु क्वारेन्टाइन कार्यालय रामनगरअगाडिबाट दुई टन (दुई हजार किलो) माछा नियन्त्रणमा लिइएको हो।

नवलपरासीको बर्दघाटबाट काठमाडौँ लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा बोकेको लु ३ च ३३३६ नम्बरको गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्दा भारतीय माछा भएको पुष्टि भएपछि कानुनी प्रक्रियाअनुसार नष्ट गरिएको मत्स्य व्यवसायी संघ चितवनका उपाध्यक्ष अर्जुन लामिछानेले जानकारी दिए।

माछालाई नष्ट गरेपछि माछा बोक्नमा प्रयोग भएको सवारीसाधन र सवारी धनीलाई भने अवैध वस्तुको ढुवानी नगर्न सचेत गराउँदै छाडिएको छ। भारतबाट अवैधरुपमा आएका माछाले नेपाली बजार ओगट्दा नेपाली माछाले उचित मूल्यसहितको बजार नपाएको भन्दै चितवनका माछा किसान लामो समयदेखि सडकमा छन्। सोही क्रममा हालसम्ममा करिब चार हजार ६५० किलोभन्दा बढी अवैध माछा नष्ट गरिसकिएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved