काठमाडौं, कात्तिक २९ । काठमाडौँको बसुन्धारामा गए राति लुटपाट भएको छ । बसुन्धारास्थित नन्द मल्लको घरमा गए राति ६–७ जनाको लुटेरा समूहले नगद र सुन लुटेका हुन् । लुटेराले घरधनी मल्लसहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् ।



लुटेरा समूहले ह्यामर प्रहार गरेर मल्ललाई घाइते बनाएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । राति ७ बजेतिर लुटेरा समूह घरमा प्रवेश गरेर कतिब २ घण्टापछि निस्केका थिए । घरबाट ४५ लाख भन्दा बढी नगद र ठुलो परिमाणमा सुन लुटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।


घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयका र प्रहरी वृत्त महाराजगञ्जको टिमले अनुसन्धान गरिरहेको छ । मल्लको घर नजिकै बंगलादेश राजदूतावास छ ।








