Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सुस्ता पुगेर नेता चौधरीले भने, “मेरो उम्मेदवारी यस क्षेत्रको समस्या सामाधान र विकासका लागि हो”

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • कार्तिक २९, मंगलवार ११:१७ बजे प्रकाशित

नवलपरासी, २९ कात्तिक । नेपाली कांग्रेसका नेता एवम् पश्चिम नवलपरासी निर्वाचन क्षेत्र न. १ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार बिनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सुस्ता गाउँपालिका पुगेर जनताको प्रत्यक्ष समस्या बारे जानकारी लिएका छन् ।

चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो कार्यक्रममा रहेका नेता चौधरी सुस्ता गाउँपालिकाको विभिन्न वडामा पुगी सो क्षेत्रको समस्या सामाधानका लागि आफनो उम्मेदवारी रहेको र सुस्ताको चौतर्फी बिकासका लागि आफनो महत्वपुर्ण भुमिका रहने बताए ।

arkhala ads

सो क्रममा चौधरीले जनताको समस्या सामाधान प्रति चासो व्यक्त गर्दै सुस्ता क्षेत्रको चौतर्फी विकासमा आगामी दिनमा आफ्नो ध्यान केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरे । नियमित रुपमा मतादाता माँझ घरदैलो तथा चुनावी प्रचारप्रसार अभियानमा रहेका नेता चौधरीसमक्ष मतदाताले नियमित रुपमा यस क्षेत्रको समस्या राख्दै सोको सामाधान र विकासका लागि आश राखेको पाईन्छ ।

चुनावी घरदैलो कार्यक्रममा तिब्रता दिदै नेता चौधरी जिल्लाको बर्दघाट, प्रतापपुर र सुस्ताको विभिन्न वडाहरुमा पुगेर मतदाताहरुको समस्या सुन्ने र सोको विकासका लागि भरपुर पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । जिल्लामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका नेता चौधरी प्रति मतदाताहरुको आकर्षण र समर्थन बढ्दै गएको छ ।

विगत २५ बर्षदेखि यस क्षेत्रमा विकासप्रति ध्यान नपुगेको र यसलाई विकासको क्षेत्रमा उपेक्षामा राखेको नेता चौधरीले बताउँदैै अब यस क्षेत्रको विकासका लागि आफनो उम्मेदवारी रहेको र आफुलाई चुनावमा सहयोग गर्न मतदातालाई आग्रह गरे । नेता चौधरीले आफु चुनाव जितेमा यस क्षेत्रका समस्या समाधान र विकासमा जनताले लामो समय पर्खिन नपर्ने वाचा गरे ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved