चितवन, कात्तिक ३० । अभिनेता प्रदीप खड्काले नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट मागेका छन् । मंगलबार बर्दघाटको चौपत्तामा आयोजित चुनावी सभामा सहभागी भएर प्रदीपले चौधरीलाई भोट मागेका हन् ।



प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रममा अभिनेता खड्का पनि पुगेका थिए । प्रदीपलाई आयोजकले मञ्चमै आसन ग्रहण गराएका थिए । प्रदीपले आमसभालाई सम्बोधन गरेर विनोद चौधरीलाई जिताउन मतदातालाई आग्रह गरे ।


यसअघि राजनीतिमा नखुलेका प्रदीपले आगामी चुनावमा गठबन्धनको पक्षमा आफूलाई उभ्याएका छन् । भारतमा अवार्ड थापेर स्वदेश फर्किएलगत्तै प्रदीप उम्मेदवार चौधरीलाई भोट माग्न सिधै नवलपरासी पुगेका हुन् ।








