Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सुर्खेतमा बुद्धको एटिआर–७२ को परीक्षण उडान सफल, जनवरीदेखि दैनिक दुई उडान भर्ने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक ३० | मध्यान्ह ०३:०७ बजे

काठमाडौं,  कात्तिक ३० । सुर्खेत विमानस्थलमा बुधबार बुद्ध एयरको एटिआर–७२ विमानले परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको सहयोग र सहकार्यमा बुद्धले उक्त जहाजमार्फत परीक्षण उडान गरेको हो । अन्ततः परीक्षण उडान सफल भएको छ ।

१ फेब्रुअरी २०१३ देखि ब्रीचक्राफ्ट जहाजमार्फत सुर्खेत उडान सुरू गरेको बुद्धले जनवरी २०२३ देखि एटिआर–७२ जहाजमार्फत दैनिक दुई उडान सञ्चालन गर्ने जनाएको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै यात्रुको माग र भाडादर कम गराउने उद्देश्यले कम्पनीले ठूलो जहाज प्रयोग गर्ने योजना अगाडि बढाएको जानकारी दिएको छ ।

arkhala ads

एटिआर–७२ जहाजमार्फत उडान गर्दा यात्रुहरूलाई प्रत्यक्ष लाभ महसुस हुने गरी नेपालगञ्ज सेक्टर हाराहारीमा न्यूनतम भाडादर कायम हुने विज्ञप्तीमा उल्लेख छ । ‘सुर्खेत उडान गर्ने यात्रुहरूको मागअनुरूप सिट उपलब्धता न्यून रहेको तथ्यलाई आत्मसाथ गर्दै एटिआर–७२ मार्फत उडान सञ्चालन आवश्यकता महसुस भएकाले र हाल सञ्चालनमा रहेको जहाजको उडान सञ्चालन लागत उच्च रहेको र यसको प्रत्यक्ष असर भाडादरमा पर्ने गरेको छ’ विज्ञप्तीमा भनिएको छ।

कम्पनीले यात्रुहरूलाई सस्तो भाडादरका साथै थप सिटहरू उपलब्ध गराइ सेवा विस्तार गर्ने उद्देश्यले एटिआर–७२ मार्फत उडान गर्न लागेको बताए । त्यस्तै, बुद्ध एअरले आगामी डिसेम्बरभित्र थप दुईवटा एटिआर–७२ जहाज ल्याउन लागेको कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved