Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बत्तीमुनिको अँध्यारो सुखौरालाई उज्यालो बनाउँछौ : चौधरी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ कार्तिक ३० | मध्यान्ह ०७:०७ बजे

नवलपरासी, कात्तिक ३० । पश्चिम् निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरी बर्दघाट नगरपालिका वडा नम्बर २ को सुखौरा पुगेका छन् । मतदाताका भावनालाई बुझ्न उनी ग्रामीण पहाडी क्षेत्र सुखौरा पुगेका हुन् ।

बर्दघाट नगरपालिका वडा नम्बर २ को सुखौरा सुगम भित्रको दुर्गम क्षेत्र जस्तै छ । बिकास निर्माणमा भौगोलिक रुपमा समेत दुर्गम उक्त क्षेत्रमा पुगेर उमेदवार चौधरीले त्यहाँको अवस्थालाई नजिकबाट नियालेका छन् । मगर समुदायको बाहुल्यता रहेको सुखौरा कृषी, पर्यटनको सम्भावना बोकेको क्षेत्र हो ।

arkhala ads

सम्भावनाकाबीच कृषिको उर्वर भुमी र पर्यटनका हिसाबले उपयुक्त ठाउँ भएपनी त्यसको समुचित प्रयोग हुन नसकेको चौधरीले बताए । सडक संजालको समेत भरपर्दो पहुँच नहुँदा यहाँका नागरिक कठिन जीवन बिताउन बाध्य भएको चौधरीको भनाई थियो । सहज रुपमा राज्यको पहुँच नपुग्नु र नेतृत्वबाट समेत सुखौरालाई उपेक्षा गरिएको उनले बताए ।

सबै क्षेत्रमा विद्युतीकरण समेत नभएको सुखौरालाई सडक पुर्वाधारको स्तरोन्नति गरी होमस्टे सन्चालन गरी यहाँका मगर र अन्य समुदायको संस्कृतिको संरक्षण तथा पर्यटकिय गन्तब्य बनाउन सकिने उनले उल्लेख गरे । ‘यो क्षेत्र मलाई बत्ती मुनिको अँध्यारो महसुस भयो । अबको बिकास यी र यस्तै ग्रामिण भेगबाट सुरु गर्नु जरुरी छ’ उनले भने ।

सुखौराको सर्वोपरि बिकासका लागि आवश्यक सम्भावनाको खोजी गरी आर्थिक उपार्जनको बाटोमा डोर्‍याउन आफू प्रतिबद्ध रहेको उनको भनाई थियो ।यहाँको कृषिलाई आर्थिक बिकासमा जोडि स्थानिय उत्पादनको सहज बजारीकरणका लागि आफुले पहल गर्ने चौधरीले बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved