Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

हराएको बालक म सँग छ भनि सामाजिक संजालमार्फत रकम माग्ने व्यक्ती कारागार चलान

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर १ | मध्यान्ह १२:०८ बजे

नवलपरासी, मंसिर १ । हराएको बालक म सँग छ भनि सामाजिक संजाल मार्फत रकम माग्ने व्यक्ती कारागार चलान भएका छन् ।

गत असार १५ गते जिल्ला नवलपरासी (बर्दघाट- सुस्ता पूर्व) विनयी त्रिबेणी गा.पा. वडा नं. ७ शिवपुरगढीका २१ महिनाको बालक प्रज्वल थापा आफ्नै घरको आगनबाट हराएका थिए । प्रज्वलका अभिभावकले उनको खोजतलासका लागि सामाजिक संजाल फेसवुकमा हुलिया सहित फोटो, सम्पर्क नम्बर तथा ठेगाना पोष्ट गरिएको थियो ।

arkhala ads

उक्त मोबाइल नम्बर, WHATSAPP र म्यासेन्जरमा बालक म सँग छ ५ लाख मेरो खातामा जम्मा गरिदिनुहोस बालक म देखाउछु भनि एक व्यक्तिले म्यासेज पठाउन थाले । उक्त म्यासेजको अनुसन्धान गर्दै जाँदा ती म्यासेज पठाउने व्यक्ती झापाको शिवसताक्षी गा.पा. वडा नं. ८ का २२ वर्षीय सन्दिप खड्का रहेको खुल्यो ।

सन्दिपबारे अनुसन्धान गर्दै जाँदा उनले दुवईबाट म्यासेज पठाएको पाइएको उनलाई इन्टरपोलको सहयोगमा दुवईबाट नेपाल झिकाईयो । निज सन्दिप खड्कालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान गरि अभियोगपत्रसहित कात्तिक ३० गते नवलपुर जिल्ला अदालतमा पेश गरिएको थियो ।

सम्मानित नवलपुर जिल्ला अदालतले उनलाई पुर्पक्षको लागि कारागार भरतपुर चलान गर्ने आदेश दिइयो । हराएका बालक प्रज्वल थापा भने आफ्नै घर आँगन नजिक रहेको कुलोमा असार २४ गते मृत अवस्थामा फेला परेको थियो । उनलाई खेल्ने क्रममा नहरले बगाएको अनुसन्धानबाट खुलेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20261101-WA0004

मौलाकालिका मन्दिर जाने बाटो तथा केबलकार परिसरमा...

  • २०८३ कार्तिक १५ | मध्यान्ह १२:०७ बजे
FB_IMG_1793199400842

कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०८:०७ बजे
download

डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २०८३ कार्तिक ११ | मध्यान्ह ०५:०७ बजे
received_1369989055019237

तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके...

  • २०८३ कार्तिक ७ | मध्यान्ह ०८:०७ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved