काठमाडौं, मंसिर १ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले बुधबार नेपालका लागि पनि मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो ।



नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ३४ पैसा घटाएर पठाएको छ । त्यस्तै, डिजेलमा भने एक रूपैयाँ २५ पैसा बढेर आएको निगमले जनाएको छ । मूल्य घटेर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ ७६ पैसा नाफा छ । त्यस्तै, डिजेलमा १० रूपैयाँ ८६ पैसा घाटा छ ।


अब निगमको घाटा–नाफा १५ दिनमा खपत हुने डिजेलको आधारमा निर्भर रहन्छ । डिजेलको माग बढ्यो भने १५ दिनमा १५ देखि २० करोड रूपैयाँ घाटा हुने निगमले जनाएको छ ।








