Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

करोडौं करोड खर्च गरी जितिने दाउमा सिंगासन साह कलवार

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर १ | मध्यान्ह ०८:०८ बजे

वीरगंज, १ मंसिर । पर्सा जिल्लाको क्षेत्र नं. ४ को “ख” बाट प्रदेश सभा सदस्यमा चुनाव लडेका सिंगासन साह कलवार मतदानको दिन नजिकिदै गर्दा उनी आत्तिन थालेका छन् ।

जसपा–एमालेका साझा उम्मेदवारको रुपमा रहेका कलवारलाई एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका जालिम मियाँले आन्तरिक रुपमा असहयोग गर्न थालेपछि उनी आत्तिन पुगेको स्रोतले जनाएको छ । कलवारको पृष्ठभुमि राजनिती संस्कार नभई ठेक्केदारी प्रथाबाट करोडौं करोड रकम कमाई राजनितीमा आएको हुनाले उनलाई “ख” का जनताहरु पचाउन गार्‍हो मान्न थालेका छन् ।

arkhala ads

२०७४ सालको निर्वाचनमा जनतालाई अनावश्यक लोभ देखाउदै जितेका कलवारले आफ्नो संसदीय विकास कोषको रकम कहाँ –कहाँ कुन तरिकाले खर्च गरे, स्थानिय जनता बेखबर रहेका छन् । कलवारले प्रदेश सांसद भए पश्चात मुख्यमन्त्री लालबाबु राउत सँगको सम्बन्ध प्रगाढ बनाउदै अर्बौको ठेक्का लिई दर्जनौ योजनाहरु अलपत्र राखेका छन् ।

जसका कारण पर्सा क्षेत्र नं. १ को “ख” मा पनि मुख्यमन्त्री लालबाबु राउतलाई विजय हासिल गर्न गार्‍हो भई राखेको अवस्था देखिएको छ । ठेक्केदारी संस्कारमा माहिर रहेका सिंगासन साह कलवार ठेक्काबाट आफ्नो क्षेत्रमा केही काम गरे पनि उनी आफुले नै विकास गरेको दाबी गरिरहेका छन्, तर स्थानियवासी भन्छन्, ‘सिंगासन साह ठेक्का नलिएको भएपनि अर्को ठेक्केदारले पनि काम गर्न सक्थें, उनी निर्माण व्यवसायीको हिसाबले ठेक्का लिएर करोडौं करोड आर्जन गरेर आफु नेताको रुपमा काम गरेको जनता सामु बताउनुले हास्यपद कुरो रहेको जो कोहीले पनि सजिलै बुझ्न सक्छ ।’

ठेक्केदारी पेशा र संसदीय विकास कोषको रकमबाट करोडौं करोड आर्जन गर्न सफल भएका कलवारले पुनः सो क्षेत्रका जनतालाई अनावश्यक लोभ देखाउदै करोडौं करोड बाड्न तमतयार रहेको बुझिएको छ । बिहीबार १२ बजे रातीदेखि मौन अवधी सुरु भएको अवस्थामा अनावश्यक रुपमा गाडी दौडाउन निर्वाचन आचार संहिता बिपरित भए पनि कलवारले शुक्रबारदेखि गाडी र मोटरसाईकल मार्फत गाउँघरका केही भोटका ठेक्केदारहरुलाई रकम पुर्‍याउने योजनामा रहेको स्रोतले जनाएको छ ।

करोडौं करोड खर्च गरी आफु जसरी पनि जितिने सपना बोकेका कलवार लगायत अन्य उम्मेदवारहरुको गाडी ठाउँ–ठाउँमा चेकजाँच गर्नु प्रहरी प्रशासनको दायित्व रहेको सचेत नागरिकहरु बताउदछन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved