Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कपिलवस्तुका कश्यप याेग विज्ञानमा पहिलाे पिएचडी धारक

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर २ | बिहान ०८:०८ बजे

लुम्बिनी, मंसिर २ । विश्वविद्यालय जैन विश्व भारती राजस्थानले लुम्बिनी प्रदेशकै पहिला याेग वैज्ञानिक बृजेश कश्यपलाई ‘डाक्टर अफ फिलोसोफी’ काे उपाधिले सम्मानित गरेकाे छ ।

कपिलवस्तुकाे कृष्णनगर नगरपालिका ९ बहादुरगंज निवासी बृजेश कश्यपलाई भारतकाे जैंन विश्व भारती विश्वविद्यालय राजस्थान सरकारले ‘डाक्टर अफ फिलोसोफी’ काे उपाधिले सम्मानित गरेकाे हो । डा.कश्यपका शोधकार्य लाईफस्टाइल पैरामीटरमा योगले पर्ने प्रभाव विषयमा थियाे । शाेधमा कुल १२ पैरामीटर थिए । जसमा मुख्य रूपले सुगर स्तर, हीमोग्लोबिन, क्रिएटनीन, लिपिड प्रोफाइल रेस्पिरेटरी फंक्शन, बीपी आदि ४ वटा थप पैरामीटरमा पनि छ ।

arkhala ads

डा.कश्यपकाे पीएचडी रजिस्ट्रेशन सन २०१६ मा भएकाे थियाे भने शोधकार्य २०१९ मा शोधगाइड डा.प्रद्यमुन्न सिंह शेखावतका मार्ग दर्शनमा सम्पन्न भएकाे थियाे । राजस्थानका गर्वनर कलराज मिश्रकाे प्रमुख अतिथ्यतामा यहि १२ नोभेम्बरका दिन १३ ओैं दीक्षान्त समारोहकाे अवसरमा कैबिनेट मन्त्री अर्जुनराम मेघवाल र विश्वविद्यालयका कुलपति दुंगड़ले बृजेश कश्यपलाई योग विज्ञानमा ‘डाक्टर अफ फिलोसोफी’ काे उपाधि प्रदान गरेका हुन् ।

डा.बृजेश कश्यपका बुबा स्वर्गीय विश्राम कश्यप कपिलवस्तुकाे बहादुरगंजकाे एउटा मध्यम परिवार भएपनि अथक लगनशील भएका कारण लुम्बिनी प्रदेश मै एकमात्र याेग विज्ञानका ‘डाक्टर अफ फिलोसोफी’ उपाधि धारक हुन् । डा.कश्यप एसएलसीसम्मकाे पढाइ बहादुरगंजकै श्रीराम गाेरखा माध्यमिक विद्यालयमा गरेका थिए । विद्यालयका गणित शिक्षक राधेश्याम चाैधरी गायत्री परिवारसँग जुडेकाले त्यहीँबाट याेग शिक्षाप्रति रुचि बढ्न थालेकाे थियाे ।

सानैमा बुवा बिश्रम कश्यपकाे निधन भएपछि दाजु राजेश कश्यपले लखनऊसँगै राखेर भारतकाे हरिद्वारस्थित देव संस्कृत विश्वविद्यालयमा याेग विज्ञान विषयमा भर्ना गराए । जिवनमा कठिन संघर्ष गर्दै उनी परिवारबाट सहयाेग पाउदै आएका थिए । एउटा मध्यम वर्ग परिवारले पढाईकाे खर्च उठाउन नसकेकाले उनी प्लस-टुदेखि नै साना बच्चाहरुलाई ट्युसन पढाउँथे । बाल्यकालदेखि नै अत्यन्त मिलनसार डा.कश्यप अहिले आफ्नाे समाजका लागि केही गर्ने र स्वास्थ्यप्रतिकाे सचेतना फैलाउने क्याम्प पनि गर्दै आएका छन् ।

उनी आफ्नाे उपलब्धीकाे श्रेय ठुला दाइहरु सन्जु, राजेश, बनवारी कश्यप र भाउजूहरु नीरु, रेनु र पुनमलाई दिन्छन् । आमा बुवाकाे निधनपछि दाइ भाउजू र इष्टमित्रकै सहयाेगले याे उचाईमा पुगिएकाे डाक्टर कश्यपले बताउँछन् । नेपाल लगायत विश्वका धेरैजसाे देशमा पनि केही बर्ष यता याेग विज्ञानकाे महत्व बढ्दै गएकाे छ । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले सन २०१४ सेप्टेम्बर २७ का दिन संयुक्त राष्ट्र सभाकाे बैठकमा याेग दिवसका लागि पहल गरेपछि प्रत्येक बर्ष २१ जुन विश्व याेग दिवस संसारभरि मनाइने चलन शुरु भएकाे छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved