Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

निर्वाचन आचारसंहिता विपरित स्थिर अवधीमा श्रेष्ठ र सोनलको घरदैलो

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • मंसिर २, शुक्रबार ०१:१० बजे प्रकाशित

बारा, मंसिर २ । निर्वाचन आचारसंहिता विपरित स्थिर अवधीको समयमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जितेन्द्र सोनलले घरदैलो गरेका छन् । बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रेष्ठ र प्रदेशसभा ४(२) का उम्मेदवार सोनलले स्थिर अवधिको उल्लंघन गर्दै शुक्रबार बिहान परवानीपुर गाँउपालिका – ३ लिपनीमालमा कार्यकर्तासहित घरदैलो गरेका हुन् ।

मंसिर ४ गतेको निर्वाचनका लागि बिहीबार राती १२ बजेदेखि नै स्थिर अवधि सुरु भएको हो । मतदान सम्पन्न नहुँदासम्म लागु हुने मौन अवधीको समयमा उम्मेदवार र दलले चुनावी प्रचारप्रसार गर्न पाउने छैनन् । तर निर्वाचन आयोगको निर्देशिका विपरीत श्रेष्ठ र सोनलले उक्त क्षेत्रमा घरदैलो गरिरहेका छन् । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घरदैलो र चुनावी प्रचार भइरहेको सूचना प्राप्त भएपछि नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको बताए ।

arkhala ads

चुनावी प्रचार गरिरहेका उम्मेदवारलाई फोन गरेर उक्त कार्य तत्काल रोक्न आग्रह गरेको र नमानेमा आचारसंहिता बमोजिम कारवाही प्रक्रिया अघि बढाइने प्रहरी उपरीक्षक बोगटीले बताए । उनले निर्वाचन आचारसंहिता उल्लंघनका घटना निरीक्षण गर्ने र आचारसंहिता विपरितको कार्य गर्ने उम्मेदवारलाई कारवाही गर्ने निकायको अधिकृतलाई समेत परिचालन गरिएको जानकारी दिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_3703

बुलिङटार गाउँपालिकाद्वारा आयोजित पाँच दिवसीय “आधारभूत तथा...

  • बुलिङटार प्रेस
  • बैशाख २७, आईतवार ०९:५१ बजे प्रकाशित
22230acc8d8dcc0f328df92be004dfd7

बूलिङ भलायटार विकास समाजद्वारा संकलित रकम क्यान्सर...

  • बुलिङटार प्रेस
  • बैशाख २२, मंगलवार ०७:३८ बजे प्रकाशित
IMG_3343

बुलिङटार ५ मा तेस्रो वडा अध्यक्ष कप-२०८२...

  • बुलिङटार प्रेस
  • बैशाख ७, सोमबार ०६:१५ बजे प्रकाशित
210c2ac54d939504517320d280392f47

जनउत्थान समुदायिक लघु वित्त संस्था लिमिटेड बुलिङटार...

  • बुलिङटार प्रेस
  • चैत्र २७, शुक्रबार ०७:३० बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2023 All right reserved