वीरगञ्ज २ मंसिर । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७२ घण्टाको लागि नेपाल–भारत सीमा नाका बन्द गरिएको छ ।



निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशबीचको सहमति अनुसार बिहीबार राति १२ बजेदेखि ७२ घण्टाको लागि सिमा नाका बन्द गरिएको हो ।


निर्वाचनको बखत विभिन्न खालका आपराधिक क्रियाकलाप हुनसक्ने र यसले दुवै देशको शान्ति सुव्यावस्थामा खलल पु¥याउन सक्ने भएकोले दुवैतर्फ आवत जावत बन्द गरिने प्रावधान अनुसार गएराति १२ बजेदेखि मतदानको दिन बेलुकासम्म सीमा नाकाबाट आवतजावतमा पूर्ण रुपमा बन्द गरिएको हो ।
सीमा नाका बन्द अन्तर्गत वीरगञ्ज–राक्सौल नाकामा नेपालतर्फ गेट लगाइएको छ । दुवैतर्फ सीमानाका बन्द गरेर सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।








