Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

आज लुम्बिनी प्रदेशको स्थायी राजधानीको औपचारिक उद्घाटन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर २८ | बिहान ०९:०८ बजे

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका मौरीघाटमा प्रदेश सरकारले सारिएका मन्त्रालय उद्घाटन गरेर औपचारिक काम थाल्दैछ ।

नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गरी मुख्यमन्त्री कार्यालयको उद्घाटन गरेर औपचारिकता दिइने भएको हो । प्रदेश प्रमुख अमिक शेरचनले कार्यक्रमको उद्घाटन गर्ने छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, भर्खरै सम्पन्न संघ र प्रदेशसभा निर्वाचनका विजयी सांसद, स्थानीयबासीसहित २ हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा रहेको सरकारका प्रवक्ता तिलकराम शर्माले बताए ।

arkhala ads

स्थानीयको सहभागिता जुटाउन देउखुरीबासीलाई आव्हान गर्दै राप्ती गाउँपालिकामा सार्वजनिक बिदा पनि दिइएको छ । राप्ती उपत्यकाभित्रका राजपुर, गढवा, लमही नगरपालिका र राप्ती गाउँपालिकाबाट विभिन्न जाति, भाषा, समुदायका मौलिकता झल्काउने झाँकी तथा नृत्य प्रदर्शन पनि गरिनेछ ।

बुधबारको कार्यक्रमलाई सफल पार्न राप्ती गाउँपालिका कार्यालय मसुरियामा बसेको राजधानी व्यवस्थापन तथा समन्वय मूल समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।

राजधानी व्यवस्थापन तथा समन्वय समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न बैठकमा दाङका सबै पालिकाका प्रमुख तथा उपप्रमुख, राप्ती, लमही तथा गढवा गापाभित्र क्रियाशील राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, चेम्बर अफ कमर्सका प्रतिनिधि, होटल व्यवसायीलगायत सहभागी थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved