Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

एसिड आक्रमण विरुद्धकी अभियान्ता मुस्कानले नवलपुरको कावासोतीमा गरिन् अभिमुखीकरण

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ मंसिर २९ | बिहान ०८:०८ बजे

नवलपुर, मंसिर २९ । नवलपुर जेसीजले कावासोतीका दुई विद्यालयमा एसिड आक्रमणविरुद्ध कार्यक्रम गरेको छ । एसिड आक्रमणविरुद्धको अभियान सञ्चालन गर्दै आएकी विरगञ्जकी मुस्कान खातुनले आफ्ना अनुभव सहित किशोरी विद्यार्थीहरुसँग अन्तरक्रियात्मक अभिमुखिकरण गरेकी हुन् ।

खातुनले एसिड आक्रमण विशेष गरी किशोरीहरुमाथी हुने गरेको बताईन् । उनले किशोरावस्थामा अपराधिक मानसिकताका युवाले युवतीको सुन्दरताको लालचमा पर्ने र किशोरीबाट प्रेम प्रस्ताव अस्वीकार हुँदा प्रायः यस्ता घटना हुने गरेको बताईन् । उनले यस्ता घटना धेरैजसो सिमान्तकृत परिवार वा घटनापछि समाजमा आवाज उठाउन नसक्ने, शक्तिको आडमा घटनालाई निस्क्रिय पार्न सकिने ठानेर आक्रमण हुने गरेको पाईएकोले ग्रामीण क्षेत्रका किशोरी युवतीहरुका साथै विद्यार्थी उमेर समूहका छात्राहरु होसियार हुनुपर्ने बताईन् ।

arkhala ads

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका सहायक प्रहरी निरीक्षक विन्दु विश्वकर्माले कानूनी कार्वाही लगायत पछिल्लो समय साइवरका माध्यमबाट अपराधमा वृद्धि भएकाले किशोरी युवतीहरु सतर्क रहनुपर्ने बताईन् । जेसीज नवलपुरको आयोजना तथा रोट्रयाक्ट क्लव अफ नवलपुर सिटी र जागृति बाल तथा युवा सरोकार नेपालको सह–आयोजनामा शहिद स्मृति माध्यमिक विद्यालय र लुम्विनी आवासीय माध्यमिक विद्यालयमा भएका कार्यक्रमको अध्यक्षता नवलपुर जेसीजकी अध्यक्ष राधिका भुसालले गरेकी थिईन् ।

भुसालले किशोरी युवतीहरुलाई सचेतनाका लागि प्रभावकारी ठानेर जेसीजले सचेतनामूलक तथा उत्प्रेरणात्मक कार्यक्रमका रुपमा अभिमुखीकरण गरिएको बताईन् । कार्यक्रममा कावासोतीका सामुदायिक तथा संस्थागत विद्यालयबाट अन्तरक्रियामा सहभागी हुने किशोरी विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved