Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

वायु सेवा निगमको आन्दोलन सहमतिमा टुंगियो

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ पुस १ | बिहान ०८:०९ बजे

काठमाडौ । नेपाल वायुसेवा निगममा कार्यरत उडान कर्मचारीले गर्दै आएको आन्दोलन व्यवस्थापनसँगको सहमतिपछि टुंगिएको छ। आफ्नो सेवा निरन्तरताको माग राख्दै केही दिनदेखि आन्दोलनरत उडान कर्मचारी र निगम व्यवस्थापकबीच बिहीबार सहमति भएपछि अन्दोलन टुंगिएको हो। निगम व्यवस्थापक समितिले हाल करारका कर्मचारीलाई नवीकरण गरेको छ भने समितिले बाँकी समस्या हल गर्न अध्ययन समिति समेत बनाएको जानकारी दिएको छ।

निगममा कार्यरत कर्मचारीको करार नवीकरण नगरेको विषयलाई लिएर उनीहरू आन्दोलनमा उत्रिएका थिए । नेपाल वायुसेवा निगमको मुख्य कार्यालयमा भएको आन्दोलनका कारण बुधबार र बिहीबारका लागि निर्धारित उडानहरू ढिला भएका थियो।

arkhala ads

निगम कर्मचरीहरूको अवरोधका कारण बुधबारको दुई र बिहीबारको तीन वटा उडान ढिला भएको निगमको प्रवक्त अर्चना खडकाले बताइन्। प्रवक्ता खड्काका अनुसार बुधबार काठमाडौंबाट दोहा र दुबई उड्नु पर्ने जहाजहरू तीन घण्टा ढिला उडेका थिए। यसका साथै बिहीबार काठमाडौंबाट साउदी अरेबियाको रियाद र भारतको बैङ्लोर र नयाँ दिल्लीका लागि निर्धारित उडानहरू प्रभावित बनेको उनले जानकारी दिइन्। उनले हालको अवस्थाले निम्त्याएको उडान तालिका १/२ दिनमा नियमित तथा निर्धारित हुने बताइन्।

यसका साथै अन्तर्राष्ट्रिय तथा लामो उडानमा सामान्यतया नयाँ सेट क्याबिन क्रु राखेर पठाउने गरिँदै आएकोमा निगमले बुधबार दिल्ली र बैङ्लोर उडेका क्याबिन क्रुलाई नै मलेसिया र दुबई पठाइएको थियो। यस क्रममा उनीहरूलाई नियम अनुसार रेष्ट आवर १० घण्टा पूरा गरी उडान गरेको कारण पनि उडान तालिका ढिला भएको थियो। जसले गर्दा अन्य उडानहरू पनि प्रभावित बनेको थियो।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे
file_000000004c088211b178152ee1846f9f

बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी...

  • २०८३ भदौ २२ | मध्यान्ह ०२:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved