मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा आतंकवादी रहेको सूचनापछि यात्रु ओरालियो

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा यात्रुमाथि अनुसन्धान काठमाडौ । काठमाडौंबाट बुधबार १:१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ । कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो । जहाजमा १४१ जना यात्रु छन् । अहिले सबै यात्रुलाई ओरालेर प्रहरीले […]

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने

काठमाडौं, साउन १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निर्णय गरेको छ । भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने निर्णय गरेको स्रोतले जनाएको छ । पछिल्लो पटक भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत […]

साउन २३ गतेदेखि करिब ६ हप्ता मनकामना केबलकारको सेवा बन्द हुने

रुपन्देही, साउन १८ । मनकामना केबलकार यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्म बन्द हुने भएको छ । सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय केबलकार सेवा बन्द हुने भएको हो । कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम अघि बढाउन लागिएको जनाएको छ । स्तरोन्नति […]

प्युठानका कुशल के.सि अर्घाखाँचीमा मृत फेला

अर्घाखाँची । प्युठानका एक युवक अर्घाखाँचीमा मृत अवस्थामा भेटिएका छन् । प्युठान गौमुखि गाउँपालिका – ४ पुजा निवासी कुशल के.सि मृत अवस्थामा फेला परेका हुन् । उनी डोजर चालक हुन् । प्यूठानबाट व्यवसायिक कामका शिलशिलामा अर्घाखाँची पुगेका के.सि ३ दिनदेखि परिवारको सम्पर्कमा थिएनन् । शवको प्रकृति हेर्दा हत्या भएको आशंका गरिएको छ । व्यवसायिक कामका […]

विद्यार्थीमा ज्वरो बढेपछि दाङको राप्ती गाउँपालिकाका विद्यालय आजदेखि बन्द

दाङ । विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि राप्ती गाउँपालिकाका सबै विद्यालय आजदेखि सात दिनका लागि बन्द गरिएका छन्। गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए। गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले विद्यालय एक सातासम्म बन्द […]

सप्तकोशीमा बाँध फुट्यो

सुनसरी । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् । अविरल वर्षा भएसँगै नदी किनारका बस्तीलाई […]

कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ को भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

काठमाडौं, साउन १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि विद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९ र ०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा क्याम्पसले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखेकोमा ध्यानाकर्षण भएको जनाएको हो […]

केराबारीमा पहिरो खस्यो, मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन, साउन १८ । एक दिनपछि सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा गएराति २ बजे फेरि पहिरो खसेको जिल्ल प्रहरी कार्यालय, चितवनका डीएसपी नरहरि अधिकारीले बताए। पहिराले सडक फेरि अवरुद्ध भएको छ। यसअघि सोमबार राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। मंगलबार दिनभर लागेर […]

नेपाल आयुर्वेद औषधी ब्यवसायी संघद्वारा लहानका मेयर चौधरीलाई सम्मान

महेश सिंह सिरहा । लहानका मेयर महेश प्रसाद चौधरीद्वारा नेपाल आयुर्वेद औषधी ब्यवसायी संघद्वारा सम्मान गरिएको छ । सोही कार्यक्रममा मेयर चौधरीले आयुर्वेद औषधी ब्यवसायी संघद्वारा प्रकाशित गरिएको क्यालेन्डर बिमोचन गरिएको छ । संघका जिल्ला अध्यक्ष प्रियरंजन उपाध्यायको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहानका मेयर महेश चौधरी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि चौधरीका […]

भारतद्वारा माल्दिभ्स पराजित, नेपाल खेलबाट बाहिरियो

काठमाडौँ । यू–२० साफ च्याम्पियनसिपको फाइनल डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेशबीच हुने भएको छ । भुवनेश्वरमा भइरहेको प्रतियोगिताको अन्तिम लिग खेलमा भारतले मंगलबार माल्दिभ्सलाई १–० ले हरायो र यससँगै उसको फाइलन यात्रा निश्चित भएको हो । यो नतिजापछि नेपाल भने प्रतियोगिताबाट बाहिरिएको छ । भारत त्यस खेलमा पराजित रहेको भए नेपाल फाइनल पुग्ने थियो । […]