भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन यस्तो बन्दैछ, यसैवर्ष भवन बनाउने सुरु

भरतपुर । भरतपुर विमानस्थलमा यसैबर्ष नयाँ टर्मिनल भवन बन्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले यसै आर्थिक वर्षदेखि नयाँ टर्मिनल भवन निर्माणको कामलाई अगाडि बढाउन लागेको हो । त्यसका लागि प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा १९ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । भरतपुर विमानस्थलमा हाल सुरुवाती चरणकै टर्मिनल भवन रहेको छ । […]

वन मन्त्री यादवको प्रतिबद्धता पूरा, पर्सा राष्ट्रिय निकुञ्जमा लामो समयदेखि अड्किएको विद्युत जडानको काम अघि बढ्यो

काठमाडौँ, १८ साउन । वन तथा वातावरण मन्त्री प्रदीप यादवले पर्सा र बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायीले झण्डै ३ दशकभन्दा लामो समयदेखि भोग्दै आएको विद्युत आपूर्ति आपूर्तिको समस्या समाधान गर्नुभएको छ । समय–समयमा विद्युत अवरुद्ध हुने, ट्रीपीङ्ग हुने, भोल्टेज कम हुने, अघोषित रुपमा लोडसेडिंग हुने जस्ता समस्याहरुबाट सास्ती खेपीरहेका उद्योगीहरुले अब राहत पाउने भएका हुन् […]

डहरे खोलाको डर हरेक बर्ष, सम्बन्धित निकाय निरिह

कृष्ण प्रसाद भट्टराइ । बुटवल, श्रावण । गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत पर्ने डहरे खोलामा पुल नबन्दा यात्रा गर्न निकै कठिन भइरहेको छ । प्रदेशकै ब्यस्त सडक मध्येको एक बुटवल बुर्तिबाङ सडकखण्ड अन्तर्गत पर्ने उक्त खोलामा बर्सेनि दलदले माटो बगेर आउने र हालसम्म पनि पुल नबन्दा रिडि रुद्रबेनी हुँदै चोरकाटे, शान्तिपुर, मजुवा, बुर्तिबाङ,हटिया लगायतको यात्रा गर्न […]

संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, साउन १९ । सत्ता गठबन्धनको बैठक आज बिहान बस्ने भएको छ । संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन बैठक बस्न लागेको हो । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बसेको बैठकमा मंसिर ४ मा निर्वाचन मिति प्रस्ताव गरेका थिए । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका थिए । त्यसैले, […]

चितवन नारायणगढको लिलाचोकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ

चितवन-१८ साउन जिल्ला भरतपुर महानगरपालिका–१ नारायणगढको लिलाचोकबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान प्रहरी गस्ती टोलीले लिलाचोक स्थित सडकमा शंकास्पद रुपमा उभिइरहेका दुई जनालाई पक्राउ गरिएको जानकारी दिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१ बस्ने वर्ष २५ को विष्णु केसी र भरतपुर-२ बस्ने वर्ष २७ को आशिष […]

हुप्सेकोटको गाऊँपालिकामा अधिकांश छेत्र बाढीपहिरोको कारण बस्ति नै जोखिम, स्थानीय वासिन्दाहरु त्रसित

तिलु खोँजेली मगर नवलपुर । गण्डकी प्रदेशको नवलपुर जिल्लास्थित हुप्सेकोट गा.पा.का पहाडी र तराई छेत्र गरी अधिकांश छेत्रहरु, बिगत तीन दिन देखी परिरहेको बबिरल बर्षका कारण बाढी र पहिरोबाट प्रभाबित भएका छन। तीन दिनको लगातर बर्षका कारण वडा न : ५ बसेनी गाउँमा बस्तिको बिचबिच मै ध्वाजा फातिन थालेको छ । बस्ति मुनी रहेको खोलाले […]

गण्डकीका यातायात व्यवसायीले साउन २२ देखि सार्वजनिक यातायात थन्क्याउने घोषणा

पोखरा । गण्डकी प्रदेश सरकारले सवारी करमा वृद्धि गरेको भन्दै गण्डकी प्रदेशका सार्वजनिक यातायात व्यवसायीहरुले सार्वजनिक गाडी घरग्यारेजमै थन्काउने घोषणा गरेको छ। जनता मूल्यवृद्धिबाट पीडित भइरहँदा सरकारले गैरजिम्मेवार भई कर बढाएर असुल्न लागिपरेकाले आन्दोलनको घोषणा गर्नुपरेको महासंघले बुधबार विज्ञप्ति जारी गरि सार्वजनिक गाडी घरग्यारेजमै थन्काउने घोषणा गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले […]

धर्नामा बस्न फेरि पुगे माइतीघरमा नवलपरासीका मिटर ब्याजी पीडित

नवलपरासी । पश्चिम नवलपरासी सुस्ताका मिटर ब्याजी पीडितहरु फेरि काठमाडौ माइतीघरमा धर्ना बस्न पुगेका छन । पीडितहरु माइतीघर पुगेर धर्ना बसेका छन । यसअघि गृहमन्त्रालयसँग भएको वार्तापछि १६ दिनसम्मको धर्ना स्थगित गरेर नवलपरासी घर फर्केका उनीहरुले पुनः माइतीघरमा धर्ना दिएका हुन्। सरकारसँगको वार्तापछि पनि मिटर ब्याजको समस्या समाधान नभएको भन्दै धर्नामा आउनुपरेको पीडितहरुले बताएका छन्। […]

उपत्यकाबाट लागुऔषध खैरो हेरोइन तथा डाइलेक्स-डीसीसहित २२ जना पक्राउ

काठमाडौं, साउन १८ । प्रहरीले काठमाडौं उपत्यकाबाट लागु औषध खैरो हेरोइन तथा नियन्त्रित लागुऔषध डाइलेक्स-डीसीसहित २२ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले हेरोइन ४५९ ग्राम, डाइलेक्स-डीसी (१०० एमएल) ११८० बोतल, नाइट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन क्याप्सुल १५० थानसहित उनीहरुलाई काठमाडाैंकाे कोटेश्वरबाट नियन्त्रणमा लिएको व्युरोका एसएसपी विकाशराज खनालले जानकारी दिए । पक्राउ पर्नेमा […]

देशभर थपिए ९१५ जना कोरोना संक्रमित

काठमाडौं, साउन १८ । पछिल्लो २४ घण्टामा देशभर थप ९१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको […]