राजस्व छलि सुर्तीजन्य पदार्थ भण्डारण गरी कारोबार गर्ने चार जना पक्राउ

काठमाडौं । भारतबाट राजस्व छलेर ल्याएर कच्चा सुर्तीको कारोबार गर्ने चारजना पक्राउ परेका छन्। राजस्व छलेर ल्याउने र भण्डारण गरी कारोबार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुली तिनपाटन गाउँपालिका-६ घर भएका ५६ वर्षीय पोष्टराज गौतम, ललितपुर महानगरपालिका-३ धोवीघाट बस्ने मोरङ विराटनगर महानगरपालिका-१२ […]
एमाले उपाध्यक्ष सुभास नेम्वाङको बर्बराहत, सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको आरोप

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् । उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणा जस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको आरोप लगाए । प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार […]
लेखापाल खड्काले माथिल्लो निकायलाई आर्थिक प्रलोभनमा पार्दै ट्रयाल सेन्टरको जिम्मा लिए

बीरगंज १९ श्रावण । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत रहेका ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडका आफ्नो माथिल्लो निकायलाई आर्थिक प्रलोभनमा पार्दै ट्रयाल सेन्टरको जिम्मा लिन सफल भएका छन । जिल्ला ट्राफिकमा लेखापालको निम्ति खटिएका प्रहरी सहायक निरीक्षक खडका जिल्ला प्रमुख ट्राफिक प्रहरी निरीक्षक लगायत ट्राफिक प्रहरी उपरीक्षकलाई समेत आर्थिक प्रलोभनमा पार्दै ट्रयाल सेन्टरको […]
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौँ, साउन १९ । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । अधिकारीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप छ । उनलाई गत जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण पनि सोधेको थियो । ट्विनअटर […]
आगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय

काठमाडौ । नेपाल सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए । यसअघि गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को बैठकमा चुनावको मिति घोषणा गर्ने प्रस्ताव लगेको जानकारी दिएका थिए । बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे […]
तनहुँमा आर्थिक वर्ष २०७८/७९ मा सवारी दुर्घटनामा ४९ जनाले ज्यान गुमाए

दमौली । तनहुँमा सवारीसाधन दुर्घटनाबाट आर्थिक वर्ष २०७८/७९ मा ४९ जनाले ज्यान गुमाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक बर्षको अवधिमा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालका अनुसार ११ ट्रक, १७ बस, १४ जीप/कार, दश ट्याक्टर, एक […]
श्री एयरलाइन्सको जहाज पुनः नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण

नेपालगञ्ज । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा फुल इमर्जेन्सी व्यवस्था गरिएको थियो । अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित […]
नवलपरासीका पालिका जनप्रतिनिधिहरुले निर्वाचन खर्च विवरण बुझाउन अटेर

नवलपरासी । पश्चिम नवलपरासीका पालिकाका जनप्रतिनिधिले निर्वाचन खर्च विवरण बुझाउन अटेर गरेका छन् । चार पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले खर्च विवरण बुझाएका छैनन् भने तीन पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षले तोकिएको समयभन्दा ढिला गरी खर्च विवरण बुझाएका छन् । स्थानीय तह निर्वाचनको अन्तिम नतिजा प्रकाशन भएको एक महिनाभित्र उम्मेदवारी दिनेले खर्च विवरण निर्वाचन कार्यालयमार्फत […]
तनहुँ दमौलीमा पहिलो पटक महिला प्रशासकीय अधिकृत

तनहुँ, साउन १९ गते । जिल्ला प्रशासन कार्यालय तनहुँमा प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी सम्हाल्नु भएको छ । गृह मन्त्रालयले तनहुँको शुक्लागण्डकी बेलचौतारा माइत तथा इलाम घर भएकी हरिता श्रेष्ठलाई उक्त जिम्मेवारी तोकेसँगै उहाँ पहिलो महिला अधिकृत हुनुभएको हो । प्रशासकीय अधिकृतको रुपमा काम गरेको श्रेष्ठको पहिलो अनुभव हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय […]
आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । दिउँसो १ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जानकारी गराएको छ । आजको बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा हुन सक्नेछ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू आउँदो मंसिर ४ गते निर्वाचन गर्न सकारात्मक देखिएका छन् । निर्वाचन आयोगले यसअघि नै […]
