चितवनमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

चितवन । चितवनमा घाँस काट्न वन गएकी एक महिलाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ६ देवनगरस्थित दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५१ वर्षीया माया विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ ।
यस्ता छन् साउन १९ गतेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले शहरी विद्युत् प्रशारण तथा वितरण प्रणाली सुदृढ परियोजना कार्यान्वयनका लागि जापान सरकारबाट जापानी येन १५ अर्ब ९० करोड १० लाख करिव १४ अर्ब ६९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने भएको छ । साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा […]
सवारी कारबाहीबाट तनहुँमा ३ करोड बढी राजश्व संकलन

दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधन कारबाहीबाट आर्थिक वर्ष २०७८/०७९ मा ३ करोड ७९ लाख ३३ हजार राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । जसमा बस, टिपर,जीप, कार, टयाक्टर ट्रक, मोटरसाइकल र अन्य गरि ५५ हजार ६ सय सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख […]
गुल्मी देशकै सर्वोत्कृष्ट जिल्ला प्रशासन कार्यालय, दोस्रो र तेस्रोमा अर्घाखाँची र नवलपुर

बुटवल । गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सवोत्कृष्ट भएको छ । गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरुमा सवोत्कृष्ट भएको हो । बिहीबार मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मुल्याङकनमा गुल्मीलाई देशैभरीका जिल्ला प्रशासन […]
बाख्रापालक कृषक समूहलाई प्रोत्साहन गर्न २० लाख अनुदान

कास्की । पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न रु २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा बिहीबार आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले महानगरका चार कृषक समूहलाई रु पाँच लाखका दरले अनुदान विरतण गर्नुभएको हो । ‘मेयरमैत्री बाख्रापालन प्याकेज’ कार्यक्रमअन्तर्गत महानगरले बर्सेनि बाख्रापालक कृषक […]
क्यान्सर केयर सेन्टरलाई चलाउने सम्पूर्ण जिम्मा लहान नगरपालिकाले लिए

महेश सिंह सिरहा । सिरहाको लहान नगरपालिका- ७ स्थित स्थापना भएको नेपाल अर्बुद रोग निवारण संस्था लहान क्यान्सर केयर सेन्टरलाई संचालन गर्ने जिम्मा लहान नगरपालिकाले लिएको बैठकले निर्णय गरेका छन्। लहानका मेयर महेश चौधरीलाई सम्मान गर्दै अस्पताल अध्यक्ष र कार्यरत रहेका डाक्टरहरु संग कुरा गर्दै अस्पताल र नगरपालिका संग विधि संम्बत समझौता गरी निर्णय गरेका […]
पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो

चितवन, साउन २० । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड पुनः संचालनमा आएको छ । राति दुई बजेतिर लेदाेसहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै सडक अवरूद्ध भएकाे थियो । आज विहान ८ बजे पहिरो पन्छाएर बाटो दुईतर्फी संचालनमा ल्याईएको चितवन प्रहरीले जनाएको छ । केहीदिन यता निरन्तर पहिरो खस्दै आएको भरतपुर–२९, मौरी खोलामा पुनः गएराति पहिरो खसेपछि […]
नवलपुर जिल्लाका सात मतदानस्थल पुनरावलोकन गर्न सिफारिस

कावासोती । नवलपरासी पूर्वनवलपुरमा रहेका सात वटा मतदानस्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार तीन पालिका भित्रका सात वटा मतदानस्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ । मतदानस्थल साँघुरो भएका, पायक पर्ने स्थानमा नभएकाको स्थल पुनरावलोकन गरिएको कार्यालय प्रमुख भुसालले बताउनुभयो । स्थान पुनरावलोकन गर्दा सम्बन्धित वडाका […]
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा अब आगामी चुनावमा गठबन्धनको सिट बाडफाँडको विषयमा तीन दलले कति सिट पाउने लगायतका विषयमा छलफल हुने स्रोतले जनायो । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बिहीबार […]
मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो । यो सडक खण्डमा गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी […]
