पाल्पा रामपुरमा अटो र जिप ठोक्किँदा एकको मृत्यु, तीन घाइते

टोप कामु मगर पाल्पा । पाल्पाको रामपुरमा जिप र अटो ठोक्किएर भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । निस्दी गाउँपालिका-२, सहलकोटका ४५ वर्षीय चोपबहादुर ढेंगाको उपचारका क्रममा शनिबार निधन भएको प्रहरीले जनाएको छ। रामपुर नगरपालिका–५, सानी अमराईमा भएको दुर्घटनाका घाइते ढेंगाको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा निधन भएको हो। रामपुरको बेझाँड बजारबाट विजयपुरतर्फ […]

निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रतिनिधिसभाको कार्यसूचीमा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको आइतबारका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग छलफलमाथि छलफल हुने भएको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबारका लागि जारी गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख छ । शनिबार सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा भनिएको छ, […]

राज्यद्वारा दलितलाई नाममै अपमान

कथित माथिल्लो जातका ‘शिक्षित’ हाकिमहरुले निरक्षर दलितका नागरिकतामा लेखिदिएका नाम यस्तासम्म छन्– ‘फ्याउरो बादी, सिँगाने कामी, कुत्ता बादी, कुकुर्नी कमिनी, कुकुर कामी, रातो कामी, नौपुठे कामी, ढाले कामी, काली गासे, गोप्लो, लाटो, लुखुरी कामी’ दैलेख, बागलुङ । नागरिकताबिना कुनै सरकारी काम हुँदैन तर दैलेखको दुल्लु नगरपालिका–१ निवासी ३५ वर्षीय कुलबहादुर बादीलाई आफ्नै नागरिकता बोकेर हिँड्दा […]

मंसिर ४ पछि माओवादी पहिलो कम्युनिष्ट शक्ति बन्ने पञ्चा सिंहको दाबी

पोखरा । अखिल(क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले आगामी मंसिर ४ गतेको निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन् । अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी (केन्द्र)को केन्द्रिय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले यस्तो दाबी गरेकी हुन । मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति […]

नुवाकोट केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युडको भूकम्प

काठमाडौं, साउन २१ । काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ५:२६ मा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युडको भूकम्प गएको हो ।

धरान बिराटनगरको डाक्टरहरुको सेवा शिद्ध लक्ष्मी हेल्थ केयर लहानमा

महेश सिंह सिरहा । धरान बिराटनगरको डाक्टरहरुको सेवा शिद्ध लक्ष्मी हेल्थ केयर प्रा.ली. लहानमा सेवा प्रदान हुने गरेका छन् । उक्त अस्पताल लहान – ३ अस्पताल चोकमा बिगत १ बर्ष देखि संचालनमा रहेका छ । लौकहाँ ठाडी रोडमा पर्ने शिद्ध लक्ष्मी हेल्थ केयर प्रा.ली.मा दक्ष अनुभवी डाक्टरहरुको टिमद्वारा संचालन भएको हेल्थ केयरमा सबै किसिमका बिरामी […]

रौतहटमा नक्कली नाेटसहित चार जना पक्राउ

राैतहट, साउन २० । रौतहटमा नक्कली नेपाली नोटसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष पटेल, २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेका छन । नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका–३ जिउताही टोलमा लागेको मेलामा उनीहरूले नक्कली नोट दिएर सामान खरिद गरेका […]

नारायणगढ आउँदै गरेको गाडी अनियन्त्रित भई पल्टिँदा १० जना घाइते, घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार हुदै

चितवन । चितवनमा गाडी अनियन्त्रित भई पल्टिँदा १० जना घाइते भएका छन् । आज शुक्रबार बेलुका ६ः३० बजेको समयमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ लक्ष्मीनारायण चोकस्थित हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०१७१ नम्बरको विग्नर गाडी आफैँ अनियन्त्रित भई पल्टिँदा चालकसहित १० जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाइते […]

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँमा विकास सिग्देल चयन

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्लाको सभापतिमा विकास सिग्देल चयन भएको छ । शुक्रबार दमौलीमा आयोजित तनहुँ जिल्ला भेलाले सभापतिमा भिमाद नगरपलिका – २ निवासी सिग्देललाई सर्वसम्मत चयन गरिएको हो । भेलाले तनहुँ जिल्लामा १३ सदस्य समिति हुने पदाधिकारीहरुमा हरेक पालिकाको सभापतिहरु जिल्ला सदस्य हुने छ । अन्य सदस्यहरु पार्टीले मनोनित गर्ने सभापति सिग्देलले […]

धरान उपमहानगरको कार्यपालिका बैठक एमाले जनप्रतिनिधिले बहिष्कार गरेपछि स्थगित

धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । नेकपा एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि बैैठक स्थगित भएको हो । धरानका उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार आज २ बजे कार्यपालिका बैठक सूरु हुने बित्तिकै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु उठेर हिँडेपछि बैठक बस्न नसकेको हो । ‘हामी त कार्यपालिका बैठक सूरु गर्दै थियौं, साथीहरु जर्‍याकजुरुक्क उठ्नुभयो । […]