रामेछापमा बालेन जस्तै युवा जन्मिए

रामेछाप । रामेछापमा यतिवेला राजनीतिक पार्टीहरु आफ्नो पक्षमा मतदातालाई प्रभावित पार्न तामझाम गरिरहेका छन् । गठबन्धन र नेकपा एमालेको अर्को गठबन्धन लावालस्कर लिएर कार्यक्रम गर्दै हिडिरहेको वेला नेकपा (माले) वाट प्रतिनिधिसभाका उम्मेद्धार मोहन कार्की र प्रदेशसभा सदस्यका उम्मेद्धार ओमबाबु पुरी, सुरेस बस्नेत गाउँ गउँमा एक्लाएक्लै भोट मागिरहेको दृष्यले रामेछापमा अर्का बालेनहरु जन्मिएका जस्ता देखिन्छन् । […]

पिछडिएकाहरुको जीवनस्तर सुधार्न आएको हुँ : बिनोद चौधरी

नवलपरासी । नेपाली काङ्ग्रेसको तर्फबाट पश्चिम् नवलपरासीको क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका बिनोद चौधरीले नेपाल विभिन्न भाषा, सस्कृतीले भरिएकोले सबै चाड पर्वहरुले विशेष महत्व बोकेको बताउनु भएको छ। पश्चिम नवलपरासीमा राष्ट्रको पहिचान बोकेका सबै समुदायको बाहुल्यता रहेको हुदा उनीहरुको सस्कृतिको संरक्षण मात्र नभै उनीहरुको जीवनस्तर सुधार्न आवश्यक रहेको चौधरीले बताउनु भयो। श्री जागृती युवा […]

अशक्तले भोट हाल्ने ठाउँमा सहयोगी लैजान पाइने

काठमाडौ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको रौनक बिस्तारै देखिन थालेको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु मतदाताहरुलाई आफ्नो पक्षमा पार्ने प्रयासमा लागिरहेका छन् । निर्वाचनको प्रचारप्रसार बिस्तारै हुन थालेको छ । मंसिर ४ गते बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय तालिका तोकिएको छ । मतदानमा देशभरका झण्डै दुई करोड […]

क्रिकेटर सन्दीप लामिछानेको बयान आज सकिएन, थुनछेक बहस भोलिमात्र

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेमाथि दायर भएको बलात्कार मुद्दामा आज उनको बयान जारी रहेको छ । आज बयान नसकिएकाले थुनछेक बहस हुन सकेन । अदालत स्रोतका अनुसार थुनछेक बहस भोलिमात्रै सुरु हुनेछ । बहस सकिएपछि उनलाई थुनामा राखेर अनुसन्धान गर्ने वा तारेखमा छोड्नेबारे अदालतले निर्णय लिने छ । जिल्ला सरकारी वकिलको कार्यालयले हिजो काठमाडौं जिल्ला […]

नेपाल सांस्कृतिक संघ पश्चिम नवलपरासीकाे जिल्ला कार्यसमिति गठन

परासी, कार्तिक १५ । नेपाल सांस्कृतिक संघ जिल्ला कार्यसमिति पश्चिम नवलपरासीले जिल्ला कार्य समिति गठन गरिएको छ। पश्चिम नवलपरासी बर्दघाट- ७ जिमिरेभारमा सम्पन्न भएको भेलाले बसन्त रेग्मीकाे सभापतित्वमा १६ सदस्यीय जिल्ला कार्य समितिकाे चयन गरेकाे हो । जसकाे बरिष्ठ उपस‌भापतिमा तीर्थ सापकोटा, उपसभापति भूपराज न्यौपाने, सचिव याम प्रसाद सापकोटा, कोषाध्यक्ष भीमा सरी भण्डारी, सह-सचिव चन्द्र […]

नेकपा एमालेको घोषणापत्र सार्वजनिक

काठमाडौ । नेकपा (एमाले) ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार(आज)दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार […]

नेत्र बिक्रम चन्द ‘विप्लवको दाइ’ को मृत्युको एक वर्षपछि बनायो छानबिन समिति

काठमाडौ । नेकपाका नेता तथा महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ को मृत्युको एक वर्षपछि सो पार्टीले छानबिन समिति बनाएको छ । सो पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकको निर्णयअनुसार चन्दको मृत्युको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरिएको उल्लेख छ । ‘कमरेड वीरजंगको मृत्युबारे पार्टीमा विभिन्न सुझाव र मागहरु आएकाले सत्य तथ्य पत्ता लगाइ […]

भारतले चुनावका लागि नेपाललाई २०० गाडी दियो

काठमाडौं, कात्तिक १५ । निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई २०० वटा सवारी साधन दिएको छ । ती सवारी साधन आज (मंगलबार) भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई हस्तान्तरण गरे । भारतले दिएको २०० सवारी साधनमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । अर्थमन्त्री शर्माले यी सवारीसाधन सहयोग […]

चुनावमा कर्णाली करिडोरदेखि लालपुर्जासम्मको चर्चा

कैलाली, कात्तिक १५ । कैलालीको टीकापुर क्षेत्रमा सुकुम्वासी, मुक्तकमैयालाई लालपुर्जा वितरण, विमानस्थल सञ्चालन, औद्योगिक ग्राम स्थापना, रोजगारी सिर्जना निर्वाचनका मुख्य मुद्दा बन्दै आएका छन्। उम्मेदवार र राजनीतिक दल बिगतका निर्वाचनमा जस्तै अहिले पनि तिनै मुद्दालाई प्राथमिकतामा राखेर मतदाता समक्ष पुग्ने गरेका छन् । अहिलेको निर्वाचनमा कतिपय उम्मेदवार नयाँ भएपनि राजनीतिक दल र तिन उठान गर्ने मुद्दा […]

नेकपा माओवादी केन्द्रको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् । माओवादीले घोषणापत्रमा स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति अघि सारेको छ । घोषणापत्रमा भनिएको छ, ‘राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, शान्ति र समृद्धिको […]