सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १२ वर्ष कैद सजाय माग

काठमाडौ, कात्तिक १४ । सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो । लामिछानेविरुद्धको […]
नेकपा एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं, कात्तिक १४ । नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा पार्टीका महासचिव डा. बेदुराम भुसालसहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रको नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ । घोषणापत्रको मूल नारा भने “राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा […]
कात्तिक १७ देखि मंसिर १ सम्म चुनावी प्रचारप्रसार गर्न पाइने

काठमाडौं, कार्तिक १४ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचका लागि राजनीतिक दलले कात्तिक १७ देखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दैै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने […]
काठमाडौमा पाँच तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौं, कात्तिक १४ । काठमाडौंको बागबजारमा आफ्नै घरको पाचौँ तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तलाको झ्यालबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको हो । झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा काठमाडौस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो । बालिकाको उपचारका क्रममा सोमबार बिहान करिब […]
आज सोमबार नेकपा माओवादी केन्द्रले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै

काठमाडौं १४ कार्तिक । आज सोमबार नेकपा माओवादी केन्द्रले प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । नेकपा माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ । यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको […]
भारतलाई कूटनीतिक नोट

काठमाडौ । सीमा क्षेत्र महाकाली नदीकिनारमा भारतीय पक्षले सडक निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गराउँदा उछिट्टिएको ढुंगाले लागेर शुक्रबार दार्चुलाका नौ वर्षीय पवन महराको मृत्यु भएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट दिएको छ। बालक महराको मृत्यु भएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले आइतबार काठमाडौंस्थित भारतीय दूतावासलाई कूटनीतिक नोट दिएको हो। परराष्ट्र मन्त्रालयका एक उच्च […]
सन्दीप लामिछानेविरूद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै, १२ बर्षसम्म कैद सजाय माग

काठमाडौ । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा दर्ता गर्ने भएको छ। काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध सोमबार मुद्दा दर्ता गरिन लागेको कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए। ‘फाइल तयार पारेका छौ। आजै मुद्दा दर्ता हुन्छ,’ उनले सेतोपाटीसँग भने। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान […]
आज छठको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौ । आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइन लागिएको हो । उदाउँदो सूर्यलाई अर्घ्य दिएर […]
मधेस प्रदेशमा आज सार्वजनिक बिदा

धनुषा । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिनमा समेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार […]
माओवादीको प्रतिबद्धतापत्र आज सार्वजनिक गर्ने

काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको माओवादीले जनाएको छ। माओवादीले आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमबीच प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ । यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै आएको भए पनि […]
