नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना

चितवन १३ कार्तिक । नेपाली कांग्रेसका नेता डा शशांक कोइराला चुनाव प्रचारप्रसारका क्रममा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । आफ्नो निर्वाचन क्षेत्र नवलपरासी (सुस्ता–बर्दघाट पूर्व) क्षेत्र नं १ बाट उम्मेदवार रहेका उनलाई रिङ्गटा लागेपछि अस्पताल भर्ना भएका हुन् । उनको चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ […]
बुटवल-नारायणगढ सडक ठेकेदारलाई अन्तिम २१ दिने अल्टिमेटम, ठेक्का तोडिने सम्भावना

बुटवल । निर्माणमा प्रगति नभएको भन्दै सूचना निकालेर ठेक्का तोड्ने तयारी गरिएको नारायणगढ–बुटवल ठेकेदार कम्पनीलाई फेरि थप २१ दिनको समय दिइएको छ । गत असोज ९ गते नारायणगढ–बुटवल सडक योजना कार्यालयले सार्वजनिक सूचना प्रकाशन गर्दै २८ दिनभित्र अपेक्षाकृत प्रगति नदेखिए सिधै ठेक्का तोडिने चेतावनी दिएको थियो । तर, प्रगति नभएपनि ठेकेदारको आग्रहमा अन्तिम पटक २१ […]
माओवादीको प्रतिबद्धतापत्र भोलि सार्वजनिक गर्ने

काठमाडौ । नेकपा (माओवादी केन्द्र) ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको माओवादीले जनाएको छ। माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमबीच प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ । यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै आएको भए पनि […]
आरजू देउवाको छठ पूजा गंगा सागरमा

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजू राणा देउवा गंगा सागर पोखरीमा छठ पूजामा सहभागी भएकी छन् । आइतबार जनकपुरधाम आइपुगेकी उनले अपराह्न गंगा सागरमा पुगेर सन्ध्या अर्घ्य अर्पण गरेकी हुन् । आइतबार साँझ जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।
६५ वर्षमा वृद्धभत्ता दिने प्रधानमन्त्री देउवाको इच्छा हो: स्वर्णिम वाग्ले

काठमाडौ । नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य डा. स्वर्णिम वाग्लेले ६५ वर्षमा वृद्धभत्ता दिने सभापति शेरबहादुर देउवाको इच्छा भएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले वृद्धभत्ता दिने उमेर ६५ वर्षमा झार्ने चाहना देउवाकै भएको बताएका हुन् । ‘यो स्वर्णिम वाग्लेको संकल्पपत्र होइन, यो नेपाली कांग्रेसको संकल्पपत्र हो । यसका सभापति शेरबहादुर देउवा […]
सोमालियामा कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु

काठमाण्डौं । सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ । शनिबार शिक्षा मन्त्रालय बाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएका सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन् । राष्ट्रपति हसन शेख मोहम्मदले विस्फोट स्थलको भ्रमणपछि भने, ‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वास्थ्य बुबाहरू, पढ्न […]
नवलपुर बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

कावासोती, कात्तिक १३ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवलपुरको बुलिङटारमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले आज बिहान ट्विट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस नवलपुरको बुलिङटार – २ मथारमा दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका हुन्। उनले दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्। […]
बुलिङटार बस दुर्घटना : मृतक र घाईतेको पूरा विवरण

बुलिङटार । नवलपुरको बुलिङटार गाउँपालिकामा आज बिहान भएको दर्शनार्थी सवार बस दुर्घटना हुदा घटनास्थलमा पाँचको मृत्यु भएको छ । भने, ३० जना घाइते भएका छन । घाईते सबैको उपचारको लागि भरतपुर पठाईएको छ । मृतक पाँच जनाको सनाखत भएको छ । मृतक मध्ये चार जना पाल्पाका रम्भा गाउँपालिका -१ का छन भने, एक जना स्याङ्जा […]
बुलिङटारको मथारमा बस दुर्घटना : ५ जनाको मृत्यु, केही घाइते

नवलपुर । नवलपुरको बुलिङ्टारमा बस दुर्घटना भएको छ । पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जादै गरेको बस नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. २ मथारमा दुर्घटना भएको हो । सो दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही घाईते भएका छन् । मनकामना दर्शनका लागि पाल्पाको रम्भा गाउँपालिका -१ हुगिबाट जादै गरेको ना ६ ख […]
दार्चुला घटनाबारे भारतसँग कुटनीतिक तवरबाट कुराकानी गर्न गृहले गर्यो परराष्ट्रलाई पत्राचार

दार्चुला । भारतले सडक खन्दा उछिट्टिएको ढुंगा लागेर दार्चुलाका १० वर्षका पवन महराको मृत्यु भएपछि यसबारे सरकारले कुटनीतिक माध्यमबाट भारतसँग कुराकानी गर्ने भएको छ । गृह मन्त्रालयले यसबारे कुटनीतिक तवरबाट कुराकानी गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो। भारतको उत्तराखण्ड प्रान्तको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुंगा लागेर दार्चुलाका महराको मृत्यु भएको थियो । महराका […]
