राजनीति दलहरुले आजदेखि जुलुस, आमसभा र कोणसभा गरी चुनावी प्रचारप्रसार गर्न पाउने

काठमाडौ । मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न सकिने भएको छ । निर्वाचनका लागि १७ दिन बाँकी रहँदा निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न सकिने जनाएको हो। निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ ले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संघ–संगठनलगायतले प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको […]
नवलपुरको कावासोतीस्थित पुर्वेली तुम्वा हाउसमा प्रहरीको छापा, अबैध मदिरा र मदिराब बनाउने कच्चा पदार्थ नष्ट

कावासोती, १६ कार्तिक । पुर्वी नवलपरासीको कावासोतीमा अबैध रूपमा उत्पादन गरेको घरेलु मदिरा तथा घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ प्रहरीले नष्ट गरेको छ । नवलपुरको कावासोती नगरपालिका- २ स्थित रहेको पुर्वेली तुम्वा हाउसमा प्रहरीले छापामारी मारे को हो । सो हाउसमा अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले छापा मार्दा […]
इमानदार भएर काम गर्न मातहतका निकायलाई बालेन शाहको निर्देशन

काठमाडौं, कात्तिक १६ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले इमानदार भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै मेयर शाहले कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमानदार हुनुपर्ने बताए । उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुंगो लगाउन नहुने […]
सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटियो

काठमाडौ । सरकारी कार्यालय खुल्ने समय बुधबारदेखि एक घण्टा छोटिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र तामाङले जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको बताए। उनका अनुसार बुधबारदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर अपरान्ह ४ बजे बन्द हुने छन् । शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ […]
सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडाैं, कात्तिक १६ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका लामिछानेकाे म्रद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले हेर्दाहेर्दैमा राखिएको हो। बुधबारदेखि इजलासमा थुनछेक बहस सुरू भएको हो। मंगलबार बयान सकिएसँगै आज थुनछेक बहस सुरू भएको हो। आज इजलासमा नौ जना वकिलले बहस गरेका थिए। […]
टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु, दुई बालबालिका घाइते

धनुषा । धनुषाको सबैला नगरपालिका–९ भठियनमा टेम्पो अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । भठियनबाट दुई जना विद्यार्थीहरू बोकी खरियानी तर्फ जाँदै गरेको ज १ ह ३० ७३ नंम्बरको टेम्पो बुधबार(आज) बिहान ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा टेम्पो चालक सबैला नगरपालिका–१० खरियानीका ४४ वर्षीय रामसेवक पण्डित, अटोमा सवार धनुषाकै शहिदनगर नगरपालिका–१ का सन्तोष […]
कैलालीको धनगढीमा अनधिकृत संरचना भत्काउन डोजर चलाइयो

कैलाली । धनगढीको मुख्य सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको जनाएको छ । अहिले धनगढीस्थित अस्पताल लाइन सडक छेउका संरचना हटाइँदै छ । यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन […]
कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने

काठमाडौ । कर्णालीवासीको लाइफ लाइनको रूपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले गति लिन नसक्दा हुम्ला सडक सञ्जालमा जोडिन सकेको छैन्। कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै साढे ७ किलो मिटर सडकको ट्रयाक खुल्न बाँकी छ। कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ। यो सडकको हिल्सा-हुम्ला खण्डको साढे ७ […]
तनहुँमा चितुवाको आक्रमणबाट आठ वर्षीय बालकको मृत्यु

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट मंगलबार साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैँसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ । गोठदेखि करिब एक सय मिटर […]
लामिछानेको मुद्दामा आज थुनछेक बहस

काठमाडौं, कात्तिक १६ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा बयान लिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मंगलबार लामिछाने विरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको मुद्दामा बयान लिइएको हो । अदालतले बयान लिने काम मंगलबार सकिएको र बुधबार थुनछेक बहस हुने जनाएको छ । लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार […]
