नवलपुरबाट विप्लव नेकपाका केन्द्रीय सदस्य वली हिरफ्तार

कावासोती । निर्वाचन बिथोल्ने अभियानमा लागेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले उच्च निगरानीमा राखेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन् । बिहिवार मात्र प्रहरीले पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज सरद वलीलाई पक्राउ गरेको छ ।नवलपुरको मध्यबिन्दु नगरपालिका वसन्तपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको […]
प्रधानमन्त्री देउवा गृहजिल्लामा, आज २ चुनावी सभामा सहभागी हुने

काठमाडौं, कात्तिक १८ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा छन्। निर्वाचन आयोगले तोकेअनुसार बिहीबार (साउन १७ गते) देखि चुनाव प्रचार सुरु गरेका हुन् । देउवाले बिहीबार डडेलधुरा सदरमुकाम अमरगढी (बसपार्क) मा आयोजित चुनावी सभालाई सम्बोधन गरे। नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेलधुराका अनुसार शुक्रबार देउवा २ वटा चुनावी सभामा सहभागी हुनेछन्। शुक्रबार […]
मृतक र दोहोरिएका साढे दुई लाख मतदाताको नामावली आयोगद्वारा हटाइयो

काठमाडौं, कात्तिक १८ । निर्वाचन आयोगले मतदाता नामावलीबाट साढे दुई लाख मतदाताको नाम हटाएको छ । आयोगले आमनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको परिपत्रबमोजिम दुई लाख ३० हजार मृतक मतदाता र दोहोरिएका २० हजार गरी २ […]
निर्वाचन आयोगलाई ८० सवारीसाधन भारतले उपहार दिए

काठमाडौं । निर्वाचन आयोगलाई ८० सवारीसाधन भारतले उपहार दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ भारतले सवारीसाधन उपहार दिएको हो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे । श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले […]
आजबाट घरदैलो मतदाता शिक्षा, ६ हजार ७४३ स्वास्थ्य स्वयंसेविका देशैभर परिचालन

काठमाडौ, कार्तिक १८ । आम निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातादाई मतदान गर्ने सही तरिका सिकाइनेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिए । यसका लागि आयोगले प्रत्येक वडामा […]
हरिबोधनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुले कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछन् । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा […]
भ्रष्टाचार र गुन्डागर्दीमा माहिर रहेका मुख्यमन्त्रीलाई आफ्नो मत नदिन मतदाताहरुले लिए अडान

वीरगंज १७ कात्तिक । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा भ्रष्टाचार गर्दै आएका मुख्यमन्त्री महम्द लालबाबु राउत गदीलाई आफ्नो अमुल्य मत नदिन मतदाताहरुले अडान लिएका छन । मधेस आन्दोलनको नाममा निर्वाचित भई मुख्यमन्त्री पदसम्म पुगेका महम्द लालबाबु राउत गदीलाई यसपालिको हुने निर्वाचनमा मतदान नगर्न अडान लिएका हुन । पर्सा जिल्ला […]
सत्ताका लागि गरिने राजनीतिको आयु कम हुन्छ: बिनोद चौधरी

परासी । नेपाली काङ्ग्रेस पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार बिनोद चौधरीले केवल सत्ताका लागि गरिने राजनीतिको आयु कम हुने बताएका छ्न। राजनीतिको मुल प्रवाह बिकास निर्माणसंग जोडिनु पर्ने बताउदै चौधरीले युवा, महिला र सबै बर्ग अट्ने गरि स्पष्ट बिकासको खाका कोरेर अघि बढ्नु पर्ने आफ्नो मान्यता रहेको उल्लेख गरे। वडा कार्यसमिति बर्दघाट- १३ […]
कर्णाली नदिको किनारमा तीन जिल्लाको सुरक्षा समन्वय बैठक

सुर्खेत, कात्तिक १७ । दैलेखको आठबीस नगरपालिका अन्तर्गत पर्ने कर्णाली नदीको किनारमा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक बसेको छ । बिहीबार कर्णाली प्रदेशका दैलेख र कालिकोट तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाबीच सुरक्षा समन्वय बैठक बसेको हो । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आठबीस नगरपालिका–४ राकमकर्णालीस्थित कर्णाली किनारमा बसेको बैठक आसन्न निर्वाचन, विपद् व्यवस्थापन लगाएतका […]
ङ्गु सङ्क्रमणका कारण लमजुङका पत्रकार २३ वर्षीया चाँदनी अधिकारीको मृत्यु

लमजुङ । डेङ्गु सङ्क्रमणका कारण लमजुङका पत्रकार २३ वर्षीया चाँदनी अधिकारीको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनले भने, “सामान्य ज्वरो र बान्ताको समस्या देखिएपछि मङ्गलबार बेँसीसहरस्थित मोडल हस्पिटलमा भर्ना गरिए पनि समस्या बढ्दै गएपछि सोही दिन चितवन लगिएको […]
