शनिबार काठमाडौँबाट रूकुमकोट जाँदै गरेको यात्रुवाहक बस त्रिशुलीमा खस्दा १६ जना घाइते

बेनीघाट २० कार्तिक । काठमाडौँबाट रूकुमकोट जाँदै गरेको यात्रुवाहक बस त्रिशुलीमा खस्दा १६ जना घाइते भएका छन् । शनिबार साँझ ६:१५ मा बेनीघाट-१० हुग्दीखोला नजिकै बस राजमार्गबाट करिब दुई सय मिटर तल खसेको हो । बा ४ ख ५७९० नम्बरको सो बसमा २० यात्रु रहेको जनाइएको छ । घाइतेको उद्धार गरिएको र उपचारका लागि स्थानीय मेडिकल […]

चितवन भरतपुर पछिल्लो २४ घण्टामा १६ जनामा डेँगु सङ्क्रमण पुष्टि

चितवन १९ कार्तिक । पछिल्लो २४ घण्टामा १६ जनामा डेँगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या एक हजार सात सय ५९ पुगेको छ । जसमध्ये भरतपुर महानगरपालिकाका एक हजार एक सय ९७ जना, रत्ननगर नगरपालिकाका दुई सय ३६, खैरहनी नगरपालिकाका एक सय ४७ जना, राप्ती नगरपालिकाका ९१ जना, कालिका […]

त्रिपाठीलाई मतदाताको प्रश्न: कोभिड खोपमासमेत किन कमिसनको काण्ड घटाउनुभयो ?

नवलपरासी, कार्तिक १९ । पुर्व स्वास्थ्य मन्त्रीसमेत रहेका नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार हृदेयश त्रिपाठीले कोरोनाको भ्याक्सिन खरिद गर्दाको कमिसन काण्डका बारेमा अहिले मतदाताको सामना गर्नु परेको छ । चुनावी अभियानमा रहेका त्रिपाठीलाई टोलटोलमा जादा यहाँका मतदाताले यहि प्रश्न तेस्र्याएका छन् । कोरोना महामारीका समयमा त्रिपाठी स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा थिए । कोरोनाले देशभरका नागरिक […]

छपियामा नेपाल–भारत सुरक्षा अधिकारीहरुको बैठक सुरु 

भैरहवा । रुपन्देहीको छपियामा नेपाल–भारत सुरक्षा अधिकारीहरुको बैठक सुरु भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सुरक्षा अधिकारीहरुको बैठक बसेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले जानकारी दिए। बैठकमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसँगै यी जिल्लाहरुको सिमासंग जोडिएका भारतीय […]

बालविवाहमुक्त योजना कागजमै सीमित

काठमाडौ । मकवानपुर भीमपदी गाउँपालिका-९ नामटारकी १९ वर्षीया मीना घिसिङको काखमा पाँच वर्षको छोरी छिन् । १४ वर्षमात्रै लागेकी मीनाको कैलाश गाउँपालिका भार्ताका १६ वर्षका खसीलाल प्रजासँग विवाह भयो । सामान्य चिनजानकै भरमा उनीहरू वैवाहिक बन्धनमा बाँधिए। मकवानपुरगढी गाउँपालिका-५ की १८ वर्षकी झमककमारी घिमिरेले हालैमात्रै दुई पटक गर्भपतन गराइसकिन् । ‘पढाइ छाडेर बिहे त गरियो, सन्तानचाहिँ […]

वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु

वीरगञ्ज १८ कात्तिक । वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया बस्ने मुकेश ठाकुरको छोरी २ वर्षीया सजना ठाकुरको मृत्यु भएको हो । बिहान साढे ११ बजे सजना छतको बाल्कोनीमा खेलिरहेकी थिइन् । सोही क्रममा अनियन्त्रीत भई अचानक जमिनमा खसेर टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी […]

‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मेल खाए

काठमाडौं १८ कार्तिक । ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मेल खाएको छ । ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मेल खाएको हो । राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै न्यायका लागि अनसनसमेत बसेकी थिइन् । सरकारले उनको आवाज नसुनेपछि राजपुतले २७ साउन […]

चुनावपछि गठबन्धनका पाण्डेलाई मुख्यमन्त्री र मलाई देशको नेतृत्व गर्ने अवसर छ : प्रचण्ड

गोरखा, कार्तिक १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गतेको चुनावपछि आफू प्रधानमन्त्री र कांग्रेस नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री हुने सम्भावना रहेको बताएका छन् । गोरखाको याङकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखा २ बाट उम्मेदवार दिएका सबै आ–आफ्नो ठाउँबाट नेतृत्वमा पुग्ने अवस्था रहेको दाबी गरे । […]

मधेस सरकारसँग सवारी प्रयोगबारे निर्वाचन आयोगले माग्यो विवरण

काठमाडौ । निर्वाचन आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो प्रदेशको प्रदेश सभा सचिवालयसँग सवारी प्रयोगबारे विवरण माग गरेको छ । उक्त कार्यालयलाई पत्र पठाई प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीसमेतले सवारी साधन नबुझाई निजी नम्बरप्लेट कायम गरी निर्वाचन प्रचारप्रसारमा हिँडेको हो होइन भन्ने विषयमा विवरण उपलब्ध गराउन पत्र पठाएको हो। प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीसमेतले सवारी […]

चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मन्दिर अनौठो मेला आजदेखि शुरु

बुटवल । पाल्पाको सत्यवती मन्दिरमा राती चिच्याएर वर माग्ने अनौठो धार्मिक मेला आज शुक्रबारदेखि सुरु भएको छ । विगतका केही वर्ष कोभिड १९ को कारण रोकिएको मेला यो वर्षदेखि पुनः सुरु भएको हो । विगतमा ३ दिन लाग्ने मेला यो वर्ष राम्रो जोग परेकोले ५ दिन लाग्ने छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं […]