गण्डकी सरकारद्वारा करको दर घटाउने निर्णय खारेज

पोखरा, कात्तिक २१ । गण्डकी प्रदेश सरकारले यसअघि गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ । निर्वाचन आयोगले करको दर घटाउने निर्णयबारे दोस्रो पटक स्पष्टीकरण सोधेपछि गण्डकी प्रदेश सरकारले निर्णय खारेज गरेको हो । आयोगले प्रदेश सरकारलाई कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो । बुधबार पनि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधिएको हो । […]
रूपन्देहीको देवदहमा एक दम्पती मृत फेला

बुटवल, कात्तिक २१ । रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन् । देवदह नगरपालिका – ५ पाल्पाली टोलका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृत अवस्थामा फेला परेका हुन् । कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनिहरुको शव फेला परेको प्रहरीले जनाएको छ […]
सेतोपाटी अनलाइनलाई सोधेको पत्र निर्वाचन आयोगबाट फिर्ता

काठमाडौ, कार्तिक २१ । निर्वाचन आयोगले सेतोपाटी अनलानलाई समाचार हटाउन दिएको निर्देशन फिर्ता लिएको छ । प्रदेश १ को झापा – १ का एमाले उम्मेदवार अग्नि खरेलका छोरा बारे लेखिएको समाचार हटाउन आयोगले क्षेत्रधिकार बाहिर गएर दिएको निर्देशनको चर्को आलोचना भएपछि आयोगले आइतबार साँझ बसेको बैंठकले निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको हो । ´संचारमाध्यम अनुगमनको […]
बर्दघाट निर्वाचन कार्यालयकै आसपासमा निर्वाचन बहिष्कार अभियान सक्रिय

नवलपरासी, कार्तिक २१ । निर्वाचन कार्यालयकै आसपासमा निर्वाचन बहिष्कार गर्ने पक्षले मतदाता भेटघाट तथा घरदैलोमा सक्रिय भएको पाइएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको कार्यालयमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को लागि निर्वाचन अधिकृतको कार्यालय संचालनमा छ । सोही आसपासमा आइतवार निर्वाचनको सक्रिय बहिष्कार गरौ भन्ने मुल नाराका साथ बहिष्कार अभियान संचालन भएको एक स्थानीयले […]
प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौं, कात्तिक २१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन: जटिल बनेको छ । प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ । सीता लामो समयदेखि पार्किन्सनबाट पीडित छिन् । यसअघि १५ दिनको […]
प्रतिनिधि-प्रदेशसभा निर्वाचनः सियोदेखि मतपेटिकासम्म विदेशबाटै आयात

काठमाडौं, कात्तिक २१ । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले […]
बिनोद चौधरीको पछिल्लो २० दिनका मुख्य मुख्य १० काम

काठमाण्डौ, कार्तिक २० । नेपाली कांग्रेसका नेता एवं प्रख्यात उद्योगपति बिनोद चौधरी नवलपरासी निर्वाचन क्षेत्र न. १ मा चुनावी मैदानमा होमिएसँगै यहाँ विकासको आशा पलाएको छ । चौधरीले छोटो समयमै केही प्रभावकारी र महत्त्वपूर्ण कामका लागी पहल अघि बढाएपछि जनतामा विकासको आशा पलाएको हो । छोटो समयमानै देखिएको र मतदाता सामु बोलेका कुरालाई तत्काल कार्यान्वयन […]
धनुषामा सुमो दुर्घटना हुँदा २ दिने शिशुको मृत्यु, ७ जना घाइते

धनुषा, कात्तिक २० । धनुषामा सुमो दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना३च ३५७५ नम्बरको टाटा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु भएको हो । सो दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीका अनुसार जनकपुरबाट महेन्द्रनगरतर्फ […]
समाचार हटाउन निर्देशन दिनु प्रेस स्वतन्त्रतामाथीको हस्तक्षेप : अनलाइन पत्रकार संघ

काठमाडौं, कात्तिक २० । प्रकाशित समाचारको बिषयलाई लिएर २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई निर्वाचन आयोगले दिएको निर्देशनप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि सञ्चारमाध्यममा प्रकाशित एवं प्रसारित समाचारका विषयमा चित्त नबुझेमा राज्यद्वारा तोकिएका निकाय मार्फत कार्य प्रकृया अगाडी बढाउने कानुनी अभ्यास हुँदा हुँदै निर्वाचन आयोग आफैले सञ्चारमाध्यमलाई स्पष्टीकरण सोध्ने र […]
नवलपुरका बोटे समुदाय भन्छन्: लालपुर्जा दिनेलाई भोट

कावासोती । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन्। आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन्। नारायणी नदीकिनारमा बसोबास गर्दै सीमान्तकृत समुदायमा पर्ने बोटे समुदायले भने लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन्। वर्षौँदेखि खोला किनारमा बस्ने र माछा मारेर […]
