चौधरी ग्रुपद्वारा पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग दर्ता

नवलपरासी । चौधरी ग्रुपले पश्चिम नवलपरासीमा केरामा आधारित उद्योग संचालन गर्न सीजी स्न्याक्स प्रा.ली उद्योग स्थापनाको काम सुरु गरेको छ । उद्योग स्थापना गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा उद्योग दर्ता भई संचालन अनुमति लिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयमा उक्त उद्योग दर्ता न. ३०१७०४÷०७९÷०८० रहेको छ । उद्योग स्थापनाका लागी ग्रुपले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा करिब […]
कर्णाली राजमार्गअन्तर्गत कालिकोटको तिलागुफामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

कालिकोट, कात्तिक २२ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका – ५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते छन् । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप मंगलबार बिहान पौने १२ बजे कर्णाली राजमार्गको खल्लागाड पुल नजिकै दुर्घटना भएको हो । उक्त […]
गण्डकी प्रदेशका ऊर्जामन्त्री आचार्यलाई मन्त्री पदबाट हटाउने तयारी

पोखरा, कात्तिक २२ । गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्ने तयारी गरेका छन् । उनलाई आजै बर्खास्त गरिँदै छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै आचार्यलाई मुख्यमन्त्री पोखरेलले बर्खास्त गर्न लागिएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार आचार्यले पछिल्लो समय […]
चितवन २ मा १० हजार युवालाई रोजगारी दिने प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठको घोषणा

चितवन, कात्तिक २२ । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठले चितवन २ मा १० हजार युवालाई रोजगार दिने घोषणा गरेका छन् । चुनाव प्रचारप्रसारमा रहेका श्रेष्ठले घरदैलो गर्ने क्रममा जनतासामु यस्तो बाचा गरेका हुन् । उनले चितवनमा राष्ट्रिय, बहुराष्ट्रिय उद्योगहरु भित्र्याएर, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण गरेर हजारौं […]
भरतपुरको कुशुमटारमा आगलागी : ४ लाख बराबरको क्षति

चितवन, कात्तिक २२ । चितवनको भरतपुर महानगरपालिका–२९ कुशुमटारमा आगलागी हुँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार साँझ ७ बजेको समयमा स्थानीय लालबहादुर लामाको कच्ची घरमा अचानक विद्युत सर्ट भई आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, भाडा वर्तन, अन्नपात र घर नै पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीबाट […]
गठबन्धनका उम्मेदवार बिनोद चौधरीलाई विजय गराउन बिक्रम खनालको आह्वान

नवलपरासी, कार्तिक २१ । नेपाली कांग्रेस, लुम्विनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र न १ का उम्मेदवार बिनोद चौधरीको बिजयलाई सुनिश्चित बनाउन पार्टीका सम्पुर्ण सदस्यहरुलाई चुनावी मैदानमा उत्रिन आह्वान गर्नुभएको छ । सोमबार नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा आयोजीत पार्टी अगुवा कार्यकर्ता छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खनालले यस्तो बताउनुभएको हो । […]
लुम्बिनी प्रदेश क्षेत्र नम्बर १ (क) का कांग्रेस उपसभापति क्षेत्रीद्वारा पार्टी परित्याग

परासी, कार्तिक २१ । पश्चिम नवलपरासी लुम्बिनी प्रदेश क्षेत्र नम्बर १ (क) का नेपाली कांग्रेसका उपसभापति दिपक क्षेत्रीले पार्टी परित्याग गरेका छन । उनले सोमबार (आज) साझ सामाजिक संजाल फेसबुकबाट पार्टीका सबै जिम्मेवारी त्याग गरि स्वतन्त्र भएको जानकारी दिएको हो । उनले नेपाली कांग्रेस लुम्बिनी प्रदेश क्षेत्र नम्बर १ (क) का उपसभापति पद त्याग गरि […]
कांग्रेस गठवन्धनको पक्षमा रहेको नवलपरासी क्षेत्रीय कार्यसमिति स्पष्ट

काठमाण्डौ । नेपाली कांग्रेस, क्षेत्रीय कार्यसमिती प्रतिनिधी सभा क्षेत्र नं.– १, नवलपरासी (ब.सु.प.)ले नेपाली कांग्रेस गठबन्धनको पक्षमा रहेको स्पष्ट पारेको छ । क्षेत्रीयकार्य समितिले सोमवार प्रेस बिज्ञप्ती जारी गर्दै यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विनोद चौधरी पनि गठबन्घनको पक्षमा रहेको र उहाँले गठबन्धनको पक्षमा सार्वजनिक रुपमा प्रतिवद्धता जनाउदै आउनु भएको पनि जनाएको छ […]
स्वतन्त्र उम्मेदवार द्विवेदीको पक्षमा जनहर बढ्दै

पर्सा, २१ कात्तिक । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीको पक्षमा जनलहर बढ्दै गएको छ । सोमवार बिहान वीरगंजको बहुअरीमा गरिएको घरदैलो कार्यक्रममा स्वतन्त्र उम्मेदवार द्विवेदीको पक्षमा स्थानीय एकजुट भई अजय द्विवेदीलाई जिताउ अभियानमा लाग्दै एक्यवधता जनाएका हुन । वीरगंज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा गरिएको घरदैलो […]
रुपन्देही- १ मा नेकपा एमालेका पूर्वसहकर्मी विश्वकर्मा भुसालबीच कडा टक्कर

बुटवल, कार्तिक २१ । नेकपा एमालेका दुई पूर्वसहकर्मी नेताहरुको प्रतिस्पर्धा रहेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर १, मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन कडा टक्करका साथ अघि बढेको छ । सबै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित भएको दावी गरिरहेपनि नेकपा एमाले, राप्रपा र जसपाका उम्मेदवार छविलाल विश्वकर्माबाहेक अन्य उम्मेदवारलाई भने जित निकाल्न सहज देखिँदैन । स्थानीय निर्वाचन २०७९ […]
