माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले राष्ट्रपतिको पुतला जलाए

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि अखिल क्रान्तिकारीका विद्यार्थीहरूले राष्ट्रपतिविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले राष्ट्रपति भण्डारीको पुतला पनि जलाए । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा उनीहरूले राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गरेका हुन् ।

सञ्चारकर्मी सिंघानियाका हत्यारालाई उच्च अदालतद्वारा जिल्लाकै फैसला सदर

जनकपुर । सञ्चारकर्मी अरुण सिंघानिया हत्या मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसला सदर गरेको छ । बुधवार उच्च अदालत जनकपुरका न्यायाधीश प्रमोद कुमार श्रेष्ठ वैध र डाल कुमार खड्काको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेका हुन् । ०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहलाई जन्मकैद फैसला सुनाएको थियो । […]

सिट बाँडफाँटमा सहमति खोज्न आज सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौ । मंसिर चारमा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ । हिजो बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ […]

घुम्ती शिविरको पहिलो दिन ६७३ जनाको स्वास्थ्य परिक्षण

दमौली । तनहुँको म्याग्दे गाँउपालिकाद्धारा आयोजित घुम्ती शिविरको पहिलो दिनमा ६७३ जना सेवाग्राहीले स्वास्थ्यसेवा लिएका छन् । शिविरको पहिलो दिन भएको वडा नं १ को मान्ह्रौवाट सेवा शुरु गरिएको हो । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रममा कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण […]

बुलिङटारमा १०० दिनको अवसर परि राष्ट्रिय विद्युत प्रसारण लाइनको समुद्घाटन

बुलिङटार  ३ असोज । नवलपरासी पूर्वको पहाडी भेग बुलिङटार गाउँपालिमा राष्ट्रिय विद्युत प्रसारण लाइनको समुद्घाटन भएको छ । सोमबार संविधान दिवसको अवसर पारी गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका मन्त्रि हरिशरण आचार्यले बुलिङटार ३ सिंगुवामा रहेको ट्रान्समिटरमा विजुली बत्ति बाली विद्युत प्रशारण लाईनको उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै मन्त्री आचार्यले गण्डकी प्रदेश अब […]

प्रतापपुर प्रसौनीमा आमासंग नुहाउन गएका बालक खोलामा बेपत्ता

खुरसेद हजाम प्रतापपुर । पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका-६ का गुठीप्रसौनी गाउँका रमाकान्त मालीको ११ बर्षिय बालक नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका छन । उनी आफ्नो आमा संग तुटहा पुल कगलीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएका छन । जितिया पर्वका अवसरमा खोलामा आइतबार साझ स्नान गर्ने परम्परा अनुसार आमासंग नुहाउन गएका छोरा बेलुका […]

राष्ट्रपतिद्वारा संबिधान दिवसमा ७०२ जनाको कैद माफी

काठमाडौं, असोज ३ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जनाको कैद माफी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले विभिन्न मितिमा अदालतबाट भएका फैसला बमोजिम ७०२ जनाको कैद सजाय माफी मिनाहा गर्नुभएको हो। राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम […]

आज संविधान दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौ । आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन हो । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । संविधान दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ […]

साढे २ करोडको कम्पनी बेचेको पैसा माग्दा उल्टै क्षतिपुर्ति मुद्दा, प्रहरीको अनुसन्धानमाथि शंका

बुटवल । पश्चिम नवलपरासीको सुनवलका प्रियव्रत श्रेष्ठले राम्रै चलेको १७ वर्ष पुरानो कम्पनी गत बैसाख ३ मा लुप नेटवर्क लि.लाई पौने तीन करोडमा बेचे । इन्टरनेट सेवा प्रदायक उनको कम्पनीका २ हजार बढी ग्राहक थिए र मासिक २५ देखि ३५ लाख रुपैयाँ आम्दानी हुन्थ्यो । हुँदा खाँदाको कम्पनी बेचेको पैसा पाउने बेला भने श्रेष्ठले उल्टो […]

इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले २.७ किलो चरेस सहित २ जनालाई पक्राउ

कृष्णनगर, असोज २ इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले २.७ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर स्थित जामिया सोजुलुल रहमानी कम्प्लेक्स बाट विशेष सुचनाको अधारमा २ जना लाई पक्राउ गरेको छl पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही […]