कांग्रेस बुलिङ्टारको कार्यसमिति बैठकले रिक्त पद्पुर्ति तथा ११ भातृसंगठनका संयोजक चयन

कावासोती । नेपाली कांग्रेस बुलिङ्टार गाउँपालिका कार्यसमितिको शनिबार बसेको बैठकले रिक्त रहेको विभिन्न पदको पदपुर्ति गरिएको छ भने, ११ वटा भातृसंगठनको संयोजक पनि चयन गरिएको छ । कार्यसमितिले लामो समय नेपाली कांग्रेस बुलिङ्टार गाउँ कार्यसमितिको कोषाध्यक्ष पद रिक्त रहेको हुँदा कांग्रेसको विधान र २०७६ को नियमावली अनुसार कोषाध्यक्ष पदमा पार्वती काफ्लेलाई मनोनयन गरिएको छ । […]
चुनावी तयारीबारे जसपाको राजनीतिक समितिको बैठक

काठमाडौ । मंसिर ४ गते घोषित प्रदेश तथा संघीय निर्वाचनमा पार्टीको आगामी रणनीति, उम्मेदवार चयन प्रक्रिया, उम्मेदवारको मापदण्डलगायत विषयको तयारीस्वरूप जनता समाजवादी पार्टी (जसपा) नेपाल छलफलमा जुटेको छ। जसपाको राजधानीमा तीन दिनदेखि जारी राजनीतिक समितिको बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार चयनको प्रक्रिया, मापदण्ड तथा पार्टीको विभिन्न संगठन संरचना विस्तारलगायत विषयमा छलफल भइरहेको जसपाका राजनीतिक समिति […]
नागरिकतासम्बन्धी विधेयक दोश्रो पटक पनि बहुमतले पारित

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गरियोस भनेर सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता विधेयक २०७९ प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । बिहिबार सरकारले प्रतिनिधिसभामा पुनः प्रस्तुत गरेको नागरिकतासम्बन्धी विधेयकमाथि मत विभाजन गर्दा पारित गरियोस भन्ने प्रस्तावमा कूल उपस्थित १ सय ९५ सांसदमध्ये पक्षमा १ सय ३५ मत र विपक्षमा ६० मत परेको हो । प्रमुख […]
आगामी निर्वाचनका लागि काँग्रेसले पनि गरायो दल दर्ता

काठमाडौं, साउन ३१ । आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन परियोजनका लागि नेपाली कांग्रेसले मंगलबार दल दर्ता गरेको छ । पार्टीका उपसभापति धनराज गुरुङ नेतृत्वको टोलीले मंगलबार अपरान्ह निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो । सहयोगीका रुपमा काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल र केन्द्रीय कार्यालयका सचिवद्वय प्रकाश शर्मा र केशव रिजाल पनि […]
राजीनामा नदिए राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलको माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ। आइतबार राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमा फिर्ता गरेपछि तरुण दलले राष्ट्रपतिको राजीनामा माग गर्दै नदिएमा महाअभियोग लगाएर भए पनि पदच्यूत गर्नु पर्ने माग गरेको हो । राष्ट्रपतिले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादा अनुसार काम गर्न नसकेको […]
माधवको चमत्कार, मन्त्री पद गुमाएका यी सांसदलाई दिए महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । मन्त्रीबाट फिर्ता बोलाइएका नेकपा (एकीकृत समाजवादी)का सांसदहरुलाई संसदीय समितिको जिम्मेवारी तोकिएको छ। सरकारमा सहभागी तीन मन्त्रीलाई एकीकृत समाजवादीले फिर्ता बोलाएर नयाँ मन्त्री पठाएपछि मन्त्रीबाट फिर्ता बोलाइएका सांसदहरुलाई सभामुखको प्रस्तावमा संसदीय समिति सदस्यमा जिम्मेवारी दिइएको हो। जसमध्ये रामकुमारी झाँक्रीलाई अर्थ समिति, किसनकुमार श्रेष्ठलाई राज्य व्यवस्था तथा सुशासन समिति र विरोध खतिवडालाई सार्वजनिक लेखा समितिको […]
सत्ता गठबन्धनका कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । गठबन्धनका दलहरूबीच आन्तरिक छलफलपछि आजको बैठकमा आ–आफ्ना अडान प्रस्तुत गर्ने तयारी रहेको बताइएको छ । आइतबार गठबन्धनका शीर्ष नेताको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको थियो । बिहीबारको बैठकमा कार्यदल […]
कार्यकर्ता भर्ना गर्न मन्त्रालयमा ५२२ अस्थायी अधिकृत थपिँदै

काठमाडौ । सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । तर, ती दरबन्दी आवश्यकताभन्दा पनि कार्यकर्ता भर्ना गर्ने मनसायले नै खडा गरेको सरकारको निर्णयलाई नजिकबाट नियाल्नेहरू बताउँछन्। ‘यो गलत प्रवृत्ति हो। हामीले यसमा ‘अब्जेक्सन’ गरेका थियौं तर, सरकारले लामो समयदेखि अटेर गरिरहेको छ,’ लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली भन्छन्। […]
प्रदेश सभा सदस्यमा मिर्जा राशिद बेगको चर्चा

कृष्णनगर, साउन २९ । सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा दौडधुपमा सक्रिय भएका छन् । उनीहरुले आफुले गरेको काम र आउने दिनमा गर्ने कार्यसुची लिएर दौडधुपलाई तीव्रता दिएका छन् । यति बेला नेताहरुले आ–आफ्नो पार्टीका शीर्ष नेतालाई भेट्दै टिकट पाउनको लागि पहल गरिरहेका छन् । […]
अगामी निर्वाचनमा सहभागी हुन एमालेले गरायो आयोगमा दल दर्ता

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा सहभागी हुन प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरु आयोग पुगेर दल दर्ता गरेका हुन् । आयोगले १०औं दलका रुपमा एमालेलाई दर्ता गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । आयोगले दल दर्ताका लागि साउन […]