आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम

काडमाडौं २० भदौ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान […]
चितवन– २ बाट माओवादी युवा नेता अधिकारी सिफारिस

भरतपुर । माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट युवा नेता रामचन्द्र अधिकारीको नाम सिफारिस गरेको छ । माओवादी प्रदेश समिति बैठकले आइतबार अधिकारीको एकल नाम सिफारिस गरेको हो । अधिकारी चितवन जिल्ला संयोजक हुन् । यस्तै, चितवन– २ को प्रदेशसभा (क) मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटी तथा प्रदेश (ख) मा निशा न्यौपाने र […]
यूएई संसद्का उपाध्यक्ष यामाही नेपाल भ्रमणमा

काठमाडौ । संयुक्त अरब इमिरेट्स (यूएई) संसद्का उपाध्यक्ष मोहम्मद अहमद अल यामाही दुईदिने नेपाल भ्रमणका लागि शुक्रबार बिहान काठमाडौं आएका छन् । मुस्लिम आयोगको निमन्त्राणामा आएका यामाहीलाई शुक्रबार बिहान नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदन मोहम्मद अल नक्बी, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र आयोगका सदस्यहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए […]
रुपन्देही– ५ मा भरत शाह दम्पती सिफारिस

बुटवल । रुपन्देही–५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेपाली कांग्रेसबाट भरत शाह र उनकी श्रीमती अनिता शाह सिफारिस भएका छन् । सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह प्रत्यक्षतर्फ र अनिता समानुपातिकतर्फ महिलाबाट सिफारिस भएकी हुन् । प्रत्यक्षमा भरत शाहको नाम मात्रै सिफारिस भएको छ भने समानुपातिकमा अनितासहित १४ जना सिफारिस भएका छन् । […]
गठबन्धनको बाँडफाँट- कांग्रेस ८६ सीटमा रोकिने संकेत

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस १६५ मध्ये ८९ सीट अन्य सहयात्रीलाई छाडेर ८६ निर्वाचन क्षेत्रमा चुनाव लड्न तयार भएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले कार्यदलमा रहेका नेताहरुलाई सोहीअनुसार अघि बढ्न संकेत गरेका छन् । कार्यदलमा रहेका एक कांग्रेस नेताका अनुसार एक सय सीट दाबी गर्ने, ९० लाई बटमलाइन बनाउने […]
भष्ट्रचार अन्त्य र सुशासन ल्याउने एजेन्डा जनमत पार्टीको रहेको डा.सिके राउतकाे भनाइ

सुरेश यादव भदौ १३ । जनमत पार्टी पश्चिम नवलपरासीले जिल्ला भेला ताथा प्रशिक्षण कार्यक्रम आइतवार सम्पन्न गरेकाे छ । सरावल गाउँपालिकाको सभाहलमा सम्पन्न भएको कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज शारर्दा चौधरीको अध्यक्षता तथा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतका प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा बोल्दै जनमत पार्टीको केन्द्रीय अध्यक्ष डा. सिके राउतले नेपालमा भष्ट्रचार […]
नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव आज स्वीकृत

काठमाडौं १२ भदौ। नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव आज स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता पहिलो संशोधनन विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रास्ताव प्रस्तुत गरेका थिए […]
नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो : अध्यक्ष दाहाल

चितवन, भदौ ८ गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । चितवनमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो । नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपति कहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिलेको […]
बालुवाटारमा प्रधानमन्त्री देउवासंग ओलीको भेटबार्ता

काठमाडौं, भदौ ८ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बुधबार बिहान ९ः३० बजे बालुवाटार पुगेका थिए । उनीहरुबीच भेटवार्ता जारी छ । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। साथै नागरिकता विधेयक र संक्रमणकालीन न्यायका […]
निर्वाचनमा जोडघटाउमा दलहरू : एमालेलाई चुनाव चुनौतीपूर्ण

काठमाडौ । मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन्। यी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इन्चार्जहरूले सत्ता गठबन्धन दल निर्वाचनमा तालमेल गरेर जाने भएकाले चुनौती थपिए पनि बहुमत भने एमालेकै आउने ब्रिफ्रिङ गरेका हुन्। स्थानीय तह निर्वाचन परिणाम र […]