माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले राष्ट्रपतिको पुतला जलाए

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि अखिल क्रान्तिकारीका विद्यार्थीहरूले राष्ट्रपतिविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले राष्ट्रपति भण्डारीको पुतला पनि जलाए । नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा उनीहरूले राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गरेका हुन् ।
सिट बाँडफाँटमा सहमति खोज्न आज सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौ । मंसिर चारमा हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ । हिजो बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ […]
नवलपुरका सबै स्थानिय तहका प्रमुखहरु निर्वाचन आयोगको कार्वाहीमा

नवलपुर १ असोज । नवलपुरका सबै स्थानिय तहका प्रमुखहरु निर्वाचन आयोगको कार्वाहीमा परेका छन । शुक्रबार निर्वाचन आयोगले स्थानिय तहको निर्वाचनमा गरेको खर्च विवरण नबुझाउने र बिलम्ब गरेर बुझाउने सबैलाई कार्वाही गर्ने निर्णय गरे सँगै जिल्लाका स्थानिय तहका प्रमुख, उप्रमुख तथा जनप्रतिनिधीमा निर्वाचित सहित उम्मेदवार बनेका एक जना बाहेक सबै कार्वाहीमा परेका हुन । आयोगले […]
राष्ट्रिय स्वतन्त्र पार्टी का अध्यक्ष रवि लामिछाने बुधबार कलैया आउदै

कलैया २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी का केन्द्रिय अध्यक्ष रवि लामिछाने बुधबार अथार्त २०७९ भदौ २९ गते कलैया आउने भएका छन् । यस पालि को भोट को घण्टी जन्ता को कानमा बाजनु पर्छ, भरष्टचार को बेथिति खोल्नु पर्छ, मुल नाराका साथ हुन लागेको बारा जिल्लाको सदरमुकाम कलैया भरत चौकमा हुने जिल्ला भेलाको सम्बोधन गर्न […]
सत्ता गठबन्धनको बैठक बस्दै, छलफल गरेर सिट बाँडफाँट टुंग्याउने दाबी

काठमाडौ । सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटमा औपचारिक सहमति जुटाउने बताइएको छ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार आजको बैठकले सिट बाँडफाँडको अन्तिम टुंगो लगाउनेछ । केही नमिलेका विषयमा सहमति जुटाएर आज दिनभरमा सिट बाँडफाँट टुंगिने उनको भनाइ छ । […]
माओवादी केन्द्र कपिलवस्तु ३ (क)बाट प्रत्यक्षमा एहसान अहमद खानको नाम सिफारिश

कृष्णनगर । नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको छ । कपिलवस्तु क्षेत्र न ३ संघिय सांसदमा मौलाना मशहुद खां नेपालीको एकल नाम सिफारिस भएको छ भने संघमा समानुपातिक तर्फवाट […]
गठबन्धनको विरोध गर्नु कांग्रेस सिध्याउने षड्यन्त्र : प्रधानमन्त्री देउवा

चितवन । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनको विरोध गर्नु पार्टी हित विपरीत हुने बताएका छन्। शुक्रबार चितवनमा कांग्रेस चितवन जिल्ला समितिले आयोजना गरेको १०९औं बीपी जयन्तीको कार्यक्रममा उनले यस्तो बताएका हुन् । देउवाले गठबन्धन पार्टी हितमा रहेको दाबी गरे। उनले भने, ‘गठबन्धनको खिलापमा ठूलो षड्यन्त्र भइरहेको छ। गठबन्धन कुनै हालतमा टुट्दैन। गठबन्धनको विरोध […]
नवलपरासी कांग्रेसद्वारा ६१ जनाको नाम सिफारिस

नवलपरासी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नवलपरासी कांग्रेसले ६१ उम्मेदवारी सिफारिस गरेका छन । जिल्लामा दुई निर्वाचन क्षेत्र छन्। नेपाली कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा संविधान सभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति महासचिव […]
राप्रपा तनहुँद्वारा एक दिने प्रशिक्षण सम्पन्न

दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँले जिल्ला स्तरीय एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका अध्यक्ष पञ्जाराम गुरुङले संघीयता नेपालको हितमा नरहेको यसले टुक्रा टुक्रामा विभाजन गरिएको बताए । नागरिक्ता विद्येयक समेत नेपालको हितमा नरहेको गुरुङले छ। केन्द्रीय सदस्य गौमाया, केन्द्रीय सल्लाहकार एवं बलराम तिवारी, गण्डकी प्रदेश […]
बागलुङ २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिस

बागलुङ २० भदौ। नेकपा माओवादी केन्द्र ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिस गरेको छ । बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिस गरेको माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जानकारी दिनुभयो । दुई दिन अगाडिमात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ […]