सत्ता गठबन्धनका कार्यदलको संयोजकमा सिटौला, सम्मानजनक सिट बाँडफाँट गर्न सहमत

काठमाडौं । सत्ता गठबन्धनको आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको संयोजकमा कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला चयन भएका छन् । कार्यदलको सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो। सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले कार्यदललाई व्यवस्थित बनाउन सिटौलालाई संयोजक बनाइएको बताए। उनले भने, ‘सिट बाँडफाँडबारे सबै साथीहरूले आफ्नो धारणा राख्नुभयो। […]

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, साउन २३ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को […]

नवलपुर जिल्लाकाे कायापलट गर्न क्षेत्र नम्बर -१ बाट उम्मेदवारी दिन्छु: शशांक काेइराला

नवलपुर । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी मंसिरमा हुने निर्वाचनमा पूर्वी नवलपरासी १ मा उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले यस क्षेत्रबाट लगातार ३ पटक निर्वाचन जितिसकेका कोइरालाले चौंथोपटक उम्मेदवार बन्ने आइतबार घोषणा गरेका हुन् । प्रेस यूनियनको केन्द्रीय महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आइतबार कावासोतीमा आयोजित सम्मान कार्यक्रममा कोइरालाले जिल्लाको विकासका लागि चार योजना […]

कांग्रेस तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि डा.शेषरमण न्यौपानेसम्मको चर्चा

दमौली । तनहुँमा नेपाली कांग्रेसबाट संसदीय निर्वाचनको उमेद्वारीका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल देखि डा.शेषरमण न्यौपानेसम्म चर्चामा छन् । देश भरिनै नयाँ अनुहार तथा दोश्रो पुस्ता प्रति आम नागरिकको रोजाई बढिरहेको प्रभाव तनहुँमा पनि परेको देखिन्छ । नेपाली कांग्रेसका धेरै नेता भएको भनेर चिनिएको तनहुँ जिल्ला यतिखेर अलमलमा देखिएको छ । २०४८ साल देखि राज […]

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेस हुने

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बस्ने बैठकमा महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ । संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिन प्रतिनिधि सभामा पेस गर्न परिपक्व हुनेछ । प्रतिनिधि सभा नियमावली, […]

एमाले नेता देवी ज्ञवालीले उद्योगपति विनोद चौधरीमाथि लगाए, मुद्रा अपचलन गरेको आरोप

कावासोती । नवलपरासीबाट आगामी मंसिरमा हुने निर्वाचनमा उम्मेदवारी दिने भन्दै राजनीतिक गतिविधिमा सक्रिय रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी विरुद्ध नेकपा एमाले आक्रमक रुपमा प्रस्तुत भएको छ । नवलपुरको देवचुलीमा शनिबार आयोजित एमालेको प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका देवी ज्ञवाली बिनोद चौधरी विरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उद्यमी चौधरीलाई मुद्रा […]

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महिन्द्र राय यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव चयन भएका छन् । शनिबार ललितपुरमा बसेको पार्टीको प्रथम पूर्ण बैठकले एक नम्बर वरीयताको अध्यक्षमा भट्टराईलाई र अर्को अध्यक्षमा यादवलाई चयन गरेको हो । त्यस्तै सहअध्यक्षमा तेस्रो वरीयतामा गंगानारायण श्रेष्ठ र उपाध्यक्षमा हिसिला यमि, भक्तबहादुर शाह र दुर्गा सोवलाई चयन गरिएको छ […]

मंसिर ४ पछि माओवादी पहिलो कम्युनिष्ट शक्ति बन्ने पञ्चा सिंहको दाबी

पोखरा । अखिल(क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले आगामी मंसिर ४ गतेको निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन् । अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी (केन्द्र)को केन्द्रिय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले यस्तो दाबी गरेकी हुन । मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति […]

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँमा विकास सिग्देल चयन

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्लाको सभापतिमा विकास सिग्देल चयन भएको छ । शुक्रबार दमौलीमा आयोजित तनहुँ जिल्ला भेलाले सभापतिमा भिमाद नगरपलिका – २ निवासी सिग्देललाई सर्वसम्मत चयन गरिएको हो । भेलाले तनहुँ जिल्लामा १३ सदस्य समिति हुने पदाधिकारीहरुमा हरेक पालिकाको सभापतिहरु जिल्ला सदस्य हुने छ । अन्य सदस्यहरु पार्टीले मनोनित गर्ने सभापति सिग्देलले […]

धरान उपमहानगरको कार्यपालिका बैठक एमाले जनप्रतिनिधिले बहिष्कार गरेपछि स्थगित

धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । नेकपा एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि बैैठक स्थगित भएको हो । धरानका उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार आज २ बजे कार्यपालिका बैठक सूरु हुने बित्तिकै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु उठेर हिँडेपछि बैठक बस्न नसकेको हो । ‘हामी त कार्यपालिका बैठक सूरु गर्दै थियौं, साथीहरु जर्‍याकजुरुक्क उठ्नुभयो । […]