राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँमा विकास सिग्देल चयन

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्लाको सभापतिमा विकास सिग्देल चयन भएको छ । शुक्रबार दमौलीमा आयोजित तनहुँ जिल्ला भेलाले सभापतिमा भिमाद नगरपलिका – २ निवासी सिग्देललाई सर्वसम्मत चयन गरिएको हो । भेलाले तनहुँ जिल्लामा १३ सदस्य समिति हुने पदाधिकारीहरुमा हरेक पालिकाको सभापतिहरु जिल्ला सदस्य हुने छ । अन्य सदस्यहरु पार्टीले मनोनित गर्ने सभापति सिग्देलले […]
धरान उपमहानगरको कार्यपालिका बैठक एमाले जनप्रतिनिधिले बहिष्कार गरेपछि स्थगित

धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । नेकपा एमालेका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि बैैठक स्थगित भएको हो । धरानका उपप्रमुख अईन्द्र विक्रम बेघाका अनुसार आज २ बजे कार्यपालिका बैठक सूरु हुने बित्तिकै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु उठेर हिँडेपछि बैठक बस्न नसकेको हो । ‘हामी त कार्यपालिका बैठक सूरु गर्दै थियौं, साथीहरु जर्याकजुरुक्क उठ्नुभयो । […]
काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा अब आगामी चुनावमा गठबन्धनको सिट बाडफाँडको विषयमा तीन दलले कति सिट पाउने लगायतका विषयमा छलफल हुने स्रोतले जनायो । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बिहीबार […]
एमाले उपाध्यक्ष सुभास नेम्वाङको बर्बराहत, सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको आरोप

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् । उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणा जस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको आरोप लगाए । प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार […]
संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, साउन १९ । सत्ता गठबन्धनको बैठक आज बिहान बस्ने भएको छ । संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन बैठक बस्न लागेको हो । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बसेको बैठकमा मंसिर ४ मा निर्वाचन मिति प्रस्ताव गरेका थिए । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका थिए । त्यसैले, […]
गृहजिल्लामा राजनीतिक सक्रियता बढाउँदै उद्योगपति विनोद चौधरी

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरी गृहजिल्ला नवलपुरमा पार्टीको राजनीतिक कार्यक्रममा सक्रिय छन् । ‘समृद्धि र विकास’ को एजेण्डा बोकेर राजनीतिमा होमिएका चौधरी जिल्लामा पार्टीका स्थानीय कार्यक्रममा सक्रिय छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको निर्णय लगत्तै गृहजिल्ला नवलपुर पुगेका उनी दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त भएका हुन् । गृह […]
अर्थमन्त्री जनार्दन शर्माले सम्हाले कार्यभार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेका छन् । बजेट निर्माणका समयमा करका दर हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिएका शर्मा शनिवार मन्त्रीमा पुनः नियुक्त भएका थिए । शर्मामाथि आरोप लागेपछि छानबिनका लागि संसदीय समिति नै गठन गरिएको थियो । समितिले १७ दिनसम्म छानबिन गरेपछि आरोप प्रमाणित नभएपछि उनी पुनः अर्थमन्त्री बनेका हुन् । समितिको […]
जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त, शपथ बेलुकी ५:३० बजे

काठमाडौं, साउन १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्री नियुक्त गरेकी हुन्। ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को […]
भोलि एमाले नवलपुरको जिल्ला स्तरीय प्रशिक्षण

कावासोती । नेकपा एमाले नवलपुरले भोलि सोमबार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जबजका मान्यताका आधारमा पार्टी निर्माण र परिचालन, स्थानीय तह निर्वाचनको सन्देश र आगामी निर्वाचनको तयारी, पार्टी र जनप्रतिनिधि बिचको अन्तर्सम्बन्ध र समाजवादका आधार निर्माणका योजनाहरू साथै पार्टी सञ्चालन विधि, पद्धति, अनुसासन र आचारसंहिताका विषयमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम सञ्चालन हुने […]
माओवादीले जनार्दन शर्मालाई पुन: अर्थमन्त्रीमा दोहर्याउदै

काठमाडौँ । जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइ सकेको छ । शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले बताए । बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयभित्र लिएको भन्दै विवादमा आएपछि उनले […]
