काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा अब आगामी चुनावमा गठबन्धनको सिट बाडफाँडको विषयमा तीन दलले कति सिट पाउने लगायतका विषयमा छलफल हुने स्रोतले जनायो । नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले बिहीबार […]

एमाले उपाध्यक्ष सुभास नेम्वाङको बर्बराहत, सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको आरोप

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् । उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणा जस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको आरोप लगाए । प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार […]

संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं, साउन १९ । सत्ता गठबन्धनको बैठक आज बिहान बस्ने भएको छ । संसदीय निर्वाचनको मितिमा सहमति जुटाउन बैठक बस्न लागेको हो । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बसेको बैठकमा मंसिर ४ मा निर्वाचन मिति प्रस्ताव गरेका थिए । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका थिए । त्यसैले, […]

गृहजिल्लामा राजनीतिक सक्रियता बढाउँदै उद्योगपति विनोद चौधरी

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरी गृहजिल्ला नवलपुरमा पार्टीको राजनीतिक कार्यक्रममा सक्रिय छन् । ‘समृद्धि र विकास’ को एजेण्डा बोकेर राजनीतिमा होमिएका चौधरी जिल्लामा पार्टीका स्थानीय कार्यक्रममा सक्रिय छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको निर्णय लगत्तै गृहजिल्ला नवलपुर पुगेका उनी दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त भएका हुन् । गृह […]

अर्थमन्त्री जनार्दन शर्माले सम्हाले कार्यभार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेका छन् । बजेट निर्माणका समयमा करका दर हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिएका शर्मा शनिवार मन्त्रीमा पुनः नियुक्त भएका थिए । शर्मामाथि आरोप लागेपछि छानबिनका लागि संसदीय समिति नै गठन गरिएको थियो । समितिले १७ दिनसम्म छानबिन गरेपछि आरोप प्रमाणित नभएपछि उनी पुनः अर्थमन्त्री बनेका हुन् । समितिको […]

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त, शपथ बेलुकी ५:३० बजे

काठमाडौं, साउन १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्री नियुक्त गरेकी हुन्। ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को […]

भोलि एमाले नवलपुरको जिल्ला स्तरीय प्रशिक्षण

कावासोती । नेकपा एमाले नवलपुरले भोलि सोमबार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जबजका मान्यताका आधारमा पार्टी निर्माण र परिचालन, स्थानीय तह निर्वाचनको सन्देश र आगामी निर्वाचनको तयारी, पार्टी र जनप्रतिनिधि बिचको अन्तर्सम्बन्ध र समाजवादका आधार निर्माणका योजनाहरू साथै पार्टी सञ्चालन विधि, पद्धति, अनुसासन र आचारसंहिताका विषयमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम सञ्चालन हुने […]

माओवादीले जनार्दन शर्मालाई पुन: अर्थमन्त्रीमा दोहर्‍याउदै

काठमाडौँ । जनार्दन शर्मा पुन: अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइ सकेको छ । शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले बताए । बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयभित्र लिएको भन्दै विवादमा आएपछि उनले […]

फेरि बर्बराउन थाल्यो ओली, लगायो कांग्रेसलाई नारा चोरेको आरोप

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी ओली फेरि बर्बराउन थालेको छ । उनले कांग्रेसलाई एमालेको नारा चोरेको आरोप लागेको छ । उनले अन्य राजनीतिक दलले दुई दशकमा गर्न नसकेको काम एमालेले तीन वर्षमा गरेकाे दाबीसमेत गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् । एमालेले […]

गठबन्धनले समाजलाई संकट तिर लागिरहेको छ : महासचिव पोखरेल

दमौली : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान ५ दलीय गठबन्धनको सरकारले समाजलाई संकट तिर लागिरहेको बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी तनहुँलेआयाेजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको पोखरेलले बताए । महासचिव पोखरेलले मुलुकको परराष्ट्र नीति पूर्णत […]