एमाले र माओवादी केन्द्रबीच तालमेल असम्भव : प्रचण्ड

कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)बीच तालमेल नहुने प्रचण्डले बताएका छन् । आज (बिहीबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिसडाँडामा आयोजित पार्टी स्थायी कमिटी बैठकमा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेससँग […]
पत्रकार खेम भण्डारी रवि लामिछानेसँग चुनाव लड्ने घोषणा

धनगढी । पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट अगामी संघीय चुनावमा लामिछाने निर्वाचन लडेको क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगेको उनले जनाएका छन्। नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि आफ्नो […]
जनकपुरधामको नगरसभामा ४३ लाखभन्दा बढी खर्च, उपस्थितले खाए ८ क्विन्टलभन्दा बढी मासु

अबिजित दास जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले नगरसभामा ४३ लाखभन्दा बढी रकम खर्च गरेको छ । जनकपुरधाम उपमहानगरपालिका आर्थिक वर्ष २०७७÷७८ मा गरेको नगरसभामा ४३ लाखभन्दा बढी रकम खर्चेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आव २०७७/७८ को प्रतिवेदन अनुसार उपमहानगरपालिकाले नगरसभा सञ्चालनमा दुई दिनमा ४३ लाख ८ हजार १२८ रुपैयाँ खर्चेको छ। उपमहानगरपालिकाले सञ्चालन […]
कार्यालयमा तोडफोड गरेको घटना दुखद हो: मेयर श्याम श्रेष्ठ

प्रेम शिला यादव सिरहा १० श्रावण । सिरहाको गोलबजारमा करारको कर्मचारीहरुले गरेको कार्यालय तोडफोड निन्दनीय रहेको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले पत्रकार समेलनमा बताए । नगरपालिकाले असार ३० गते करार अबधि थप नगर्दा कर्मचारीहरुको एक समुहले नगरपालिकाको कार्यालयमा तोडफोड गरेको प्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ्। नगरपालिकाले कर्मचारी भर्ना गर्दा दक्ष अनुभवीलाई पारदर्शी प्रकृया अपनाएर माग […]
‘नागरिकता ऐनमा एमालेको दोहोरो चरित्र’ : बर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयमा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको बताएका छन् । उनले नागरिकताजस्तो संवेदनशील विषयलाई चुनावी राजनीतिक एजेण्डा नबनाउन चेतावनी दिए । केपी ओली नेतृत्वको सरकारले २०७५ सालमा संसदमा पेस गरेको विधेयक तथा २०७७ मा ल्याएको […]
नागरिकता विधेयक नागरिकको हितमा छैन : प्रदिप ज्ञवाली

रुपन्देही, साउन ७ । नेकपा (एमाले) का उपमहासचिव प्रदिपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधेयक त्रुटिपूर्ण रहेको आरोप लगाए । उनले भने -“राज्य व्यवस्था समितिमा जुटेको […]
पोखराका मेयर धनराज आचार्यको सम्पत्ति : खुद सम्पत्ति ४३ करोड, ५४ तोला सुन, ५ तोला हिरा

पोखरा, साउन ४ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मेयर आचार्यले बुधबार महानगरपालिकाको वेबसाइटको प्रोफाइलमा बायोडाटासँगै सम्पत्ति विवरण राखेर सार्वजनिक गरेका हुन् । उनले अभिभावक र सन्तानका नाममा भएको सम्पत्ति उल्लेख नगरी आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण मात्र सार्वजनिक गरेको जानकारी दिएका छन् । सार्वजनिक गरेको […]
सिंहदरबारमा प्रचण्ड र डा.भट्टराईबीच भेटवार्ता

काठमाडौं, साउन ३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच सिंहदरबारमा भेटवार्ता भएको छ । माओवादी संसदीय दलको कार्यालयमा उनीहरू दुई जनाबीच छलफल जारी रहेको छ । भट्टराईलाई केही दिनअघि मात्रै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेका थिए । समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहेको […]
नवनिर्वाचित उपसभामुख भुसालले लिइन् सपथ

काठमाडौं । प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले सपथ लिएकी छन् । राष्टपतिको कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच सभामुख अग्निप्रसाद सापकोटाले भुसाललाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । सपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थिति थियो । गत शुक्रबार भएको निर्वाचनमा एमालेकी […]
उपसभामुख पुष्पा भुसालको शपथ ४ बजे

काठमाडौं, साउन १ । प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले आज शपथग्रहण गर्दै छिन् । उनको शपथ कार्यक्रम अपराह्न ४ बजेका लागि तय गरिएको छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ खुवाउने छन् । उनी गत शुक्रबार प्रतिनिधि सभामा भएको मतदानबाट उपसभामुखमा निर्वाचित भएकी हुन् ।