कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने भएको हो । गत सोमबारदेखि निरन्तर बसेको केन्द्रीय समिति बैठकमा नेताहरुको बोल्ने क्रम सकिएको छ । बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक राखिएको हो । पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक […]

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौँ, असार ३१ । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन् । भुसालले १४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी भट्टराईले ९३ मत मात्रै प्राप्त गरेका हुन् । ९३ सांसदले मत दिन्न र १ जना तटस्थ रहेका थिए । […]

नैतिकताको आधारमा गभर्नर अधिकारीले राजीनामा दिनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, असार ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा पनि नेताहरुले गभर्नरको राजनीतिक संलग्नता देखिएको विषय उठाएका थिए । ‘बैठकमा सहभागी अन्य नेताहरूले पनि अधिकारीको राजीनामा माग्नु पर्ने बताउनु भएको थियो’ बैठकमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्री […]

प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं, असार ३१ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साढे नौ बजेबाट बसेको हो । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा उपसभामुख […]

नयाँ पार्टी खोल्दै बाबुराम, नाम र चुनाव चिन्ह के ?

काठमाडौं, असार ३१ । अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने,उपेन्द्र यादवले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही […]

जसपाबाट डा. बाबुराम भट्टराईसहित ९ जना निष्कासित, संघीय परिषद् अध्यक्षमा अशोक राई

वीरगञ्ज, असार ३० । जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ । उपेन्द्र यादवको अध्यक्षतामा वीरगञ्जमा बुधबार र बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । डा. भट्टराईसँगै गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्र राय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, […]

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, स्थानीय तह निर्वाचनको समीक्षा जारी

काठमाडौं । नेपाली कांग्रेसको सोमबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, सानेपामा जारी बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए। मंगलबारको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु- चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदमनारायण चौधरी, […]

बुलिङटार कांग्रेसमा व्यापक असन्तुष्ट, अन्तरघात गर्नेलाई कार्बाही तयारी

कावासोती । नेपाली कांग्रेस बुलिङटार गाउँपालिकाले निर्वाचनमा अन्तरघात गर्ने नेताकार्यकर्ताहरुलाई कार्बाहीको माग गरेका छन । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन नेकपा एमालेका उम्मेदवारलाई सघाएको भन्दै नेपाली कांग्रेस बुलिङटारमा व्यापक असन्तुष्ट बढेको छ । निर्वाचनको मत परिणाम आए लगतै कांग्रेस बुलिङटारले आफ्नो उम्मेदवारलाई हराउन नेकपा एमालेका उम्मेदवारलाई सघाएको भन्दै, […]

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, असार २८ । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सभासमक्ष टेबुल गर्ने छन् । त्यसैगरी सामाजिक सुरक्षा (पहिलो […]

पार्टीलाई फुट्नबाट जोगाउन नसक्नु मेरो कमजोरी स्वीकार गर्छु : केपी ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राजनीतिक दल र नेताहरूको कमजोरीका कारण जनतामा पार्टीप्रति वितृष्णा बढेको स्वीकार गर्नुभएको छ । ‘मैले नेपाल कम्युनिस्ट पार्टीलाई फुट्नबाट जोगाउन सकिनँ, नेतृत्वमा रहेको व्यक्तिका रूपमा यस सम्बन्धमा मबाट पनि कमजोरी भयो होला’ आफूलाई त्रुटिविहीन मानवका रूपमा प्रस्तुत गर्ने र कमजोरी स्वीकार नगर्ने नेताका रूपमा चिनिएका अध्यक्ष ओलीले […]