दलको निर्णयलाई चीनले सम्मान गर्ने

काठमाडौं । नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियाङ छाओले नेपालको कुनै पनि राजनीतिक दलले आफ्नो बारेमा आफैंले निर्णय गर्नुपर्ने र उक्त कुरालाई चीनले सम्मान गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार अपराह्न दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा उहाँले स्पष्ट रूपमा उक्त धारणा राख्दै […]
नागरिकता विधेयकबारे गृहमन्त्री र माओवादी अध्यक्षबीच छलफल

काठमाडौ । नेपाल सरकारले संघीय संसदमा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन् । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सरकारले संसद्मामा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले जानकारी दिएका छन् । […]
काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि

काठमाडौं, असार २७ । आजदेखि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने भएको हो । आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयको छलफल गर्ने एजेण्डा रहेको स्रोतले जनाएको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचन २०७९ को समीक्षा र आउँदो प्रदेश […]
ढिलो-चाँडो श्रीलंकाको अवस्थामा पुगिने हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं, असार २६ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो श्रीलंकाको अवस्थामा पुग्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता श्रेष्ठले नेपाल अहिले श्रीलंकाको अवस्थामा पुगी नसकेको भए पनि निष्ठा, विचार र स्वार्थी राजनीतिको बाटोले ढिलो चाँडो श्रीलंकाको अवस्थामा पुर्याउने भएकाले सबैले सचेत हुनुपर्ने र समयमा सबैले सामूहिक एव […]
काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, २६ असार । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेकाे हाे । आजको बैठकमा भोलि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने बताइएकाे छ । बैठकमा स्थानीय तह निर्वाचन २०७९ को बारेमा पनि समीक्षा हुने कार्यसुची छ । यस्तै आजको बैठकमा म्याद सकिएका भ्रातृ तथा […]
गण्डकी प्रदेशबाट माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा २१ जना चयन

पोखरा । नेकपा (माओवादी केन्द्र)को पोलिटब्युरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना चयन भएका छन् । १२५ जनाको पोलिटब्यूरोमा गण्डकीका २१ जना परेका हुन् । बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ, देबेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिट्ब्युरोमा छ । यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा, देबेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हरिबहादुर […]
बाबुराम भट्टराई र बालेन शाहबीच भेटवार्ता

काठमाडौं, असार २४ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । शुक्रबार भट्टराईको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । डा.भट्टराईले उनीहरुबीच भएको भेटवार्ताको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले मेयर बालेन शाह र उनको टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श गरेको भन्दै सफलताको शुभकामना […]
एकीकृत समाजवादीबाट प्रतिनिधिसभाको प्रमुख सचेतकमा सरला यादव

काठमाडौं, असार २४ । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको छ । शुक्रवार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पार्टीको तर्फबाट प्रतिनिधि सभाको प्रमुख सचेतकमा सरला यादवलाई मनोनयन गरेको हो । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले सुदूरपश्चिम प्रदेश कमिटी नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा पूर्व सांसद एवं पार्टी केन्द्रिय […]
बुढीगंगाको मतगणना केही बेरमा शुरु

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको नेतृत्वका लागि भएको पुन: मतदानको गणना केही बेरमा सुरू हुँदैछ । त्यसका लागि ७ बजे सर्वदलीय बैठक तय गरिएको साथै बैठक सकेर मतगणना थाल्ने सहमति भएको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए । बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा […]
माओवादी केन्द्रको पोलिटब्युरो, दोस्रो र तेस्रो वरीयतामा नारायणकाजी र महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरोमा रहने नेताहरुको नाम बाचन गरेका हुन्। पोलिटब्युरोको वरीयतामा अध्यक्ष प्रचण्ड पहिलो नम्बरमा छन् । त्यसपछि दोस्रो र तेस्रोमा क्रमशः नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको नाम छ । माओवादीले गत पुसमा काठमाडौंमा […]