रवि लामिछाने विरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन

चितवन १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सकेर फर्किने क्रममा मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर र झण्डासहित प्रदर्शन र नाराबाजी गरेका हुन् ।

नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटि सदस्य गिरीले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउन इमान्दारीताका साथ लागौं

बुलिङटार ११ असोज । नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटि सदस्य विद्रोही गिरीले एमालेलाई राष्ट्रिय बलियो शक्तिको रुपमा देख्नका लागि आम कार्यकर्ता इमान्दारिताका साथ समाजको रुपान्तरणको पक्षमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । नेकपा ( एमाले) बुलिङटार गाउँपालिका वडा नं. ३ को दोश्रो वडा अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले उक्त धारणा […]

प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले भेटवार्ता

काठमाडौँ  २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ […]

प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने

गैंडाकोट २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ७६ (२)अनुसार नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली […]

प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरे

गैंडाकोट ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ- केपी शर्मा ओली, प्रधानमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास विष्णु पौडेल, उपप्रधान तथा अर्थ पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय रमेश लेखक, गृह […]

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने

काठमाडौं  २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । […]

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं  १९ असार ।  एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी राष्ट्रिय सरकार गठन गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् । ओलीले सरकारलाई दिएको समर्थन बुधबारकै मितिदेखि लागू हुने गरी […]

आज मंगलबार प्रतिनिधिसभाको आजको बैठक शुरु

काठमाडौँ ६ चैत  । प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र शुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिनेकार्यसूची छ । आजै अर्थमन्त्री वर्षमान […]

दीपक मनाङेले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी

पोखरा ०५ चैत । राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यो मन्त्रालयलाई सरकारको सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसअघि यो मन्त्रालय माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीले सम्हालेका थिए । केन्द्रको राजनीतिक समीकरण बदलिएसँगै जुग्जालीलाई मुख्यमन्त्री पाण्डेले हटाएका थिए । यसअघि नेकपा (एकीकृत समाजवादी) का सांसद रहेका मनाङेले आइतबार […]

केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु

त्रिभुवन विश्वविद्यालय त्रि.वि. का केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले सुरु गरेका छन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले स्ववियु निर्वाचन नभएका क्याम्पसलाई निर्देशन दिएपछि प्रक्रिया सुरु गरेको जानकारी दिए। उनका अनुसार […]