प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन महाकाली करिडोरसम्मको सोमबार स्थलगत अनुगमन गर्ने

महेन्द्रनगर । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरका प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दगाहदेखि निर्माणाधीन महाकाली करिडोरसम्मको सोमबार स्थलगत अनुगमन गर्ने भएका छन् । सोमबार कञ्चनपुर आउन लाग्नुभएका प्रधानमन्त्री दाहालले सुक्खा बन्दरगाह, महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र महाकाली करिडोरको अनुगमन गर्ने कार्यक्रम तय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए। प्रधानमन्त्रीज्यूको यहाँ निर्माणाधीन […]

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौं, पुस ६ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा भएको मतदानमा देउवाले ६४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । यस्तै उनका प्रतिस्पर्धी गगन थापाले २५ मत प्राप्त गरे । कांग्रेस संसदीय दलको नेता चयनका लागि ८९ सांसदले मतदान गरेका […]

एकीकृत समाजबादीको संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आलोकनगरस्थित पार्टी मुख्यालयमा भर्खरै बसेको बैठक अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए । समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसले प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ ।

नवनिर्वाचित सांसदको शपथ सात पुसमा

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ। मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २७५ जना सांसदको शपथ हुन लागेको हो। नयाँ सांसदको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पुर्‍याएको छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ […]

एकीकृत समाजवादीले नयाँ सांसदलाई बधाई तथा शुभकामना

काठमाडौ । एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित नयाँँ सांसदहरूलाई बधाई तथा शुभकामना दिएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गरी एकीकृत समाजवादीले प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई बधाईसहित शुभकामना दिएको हो। पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले उनीहरूलाई दोसल्ला र माला लगाएर शुभकामना दिएका थिए। थ्रेसहोल्ड नकटाउँदा समानुपातिकमा कुनै सिट नपाएको यो […]

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा राउत

काठमाडौँ, पुस ४ । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन हुनुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो । डा राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ […]

एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ । उपमहासचिव प्रकाश ज्वालाका अनुसार संसद दलको नेता, उपनेता, प्रमुख सचेतक चयन लगायतका विषयमा बैठकमा छलफल हुनेछ । एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ । बैठकमा नयाँ सरकार गठनबारे दलहरुबीच […]

स्थानीय तहको काम कारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने: प्रधानमन्त्री देउवा

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको काम कारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने प्रस्ट्याएका हुन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, […]

काँग्रेस सभापति देउवाले बोलाए पार्टीका सांसदलाई बालुवाटारमा

काठमाडौं, पुस २ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित सांसदहरुलाई बालुवाटारमा बोलाएका छन् । कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी भइरहँदा देउवाले नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका हुन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम मत परिणाम आएसँगै उनले पार्टीका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाइ दिन आज (शनिबार) दिउँसो […]

म अब सरकारको नेतृत्व गर्छु, ०४७ सालदेखिको भ्रष्टाचार छानविन हुन्छः प्रचण्ड

पोखरा,मंसिर २९ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारको नेतृत्व आफूले गर्ने बताएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १ मा रहेको महेन्द्र आधारभुत विद्यालयको हीरक महोत्सवको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले घुमाउरो शैलीमा सरकारको नेतृत्व आफूले गर्ने बताएका हुन् । ‘चुनावपछि पहिलोपटक म आफ्नै जन्मभूमिको कखरा पढेको विद्यालयमा सार्वजनिक कार्यक्रममा उपस्थित छु । तपाईंहरूको […]