नागरिकता विधेयक फिर्तासँगै राष्ट्रपति भण्डारी फेरि विवादमा

काठमाडौं, साउन ३० । संघीय संसद्बाट पारित गरी प्रमाणीकरणका लागि पेस गरिएको नागरिकता विधेयक आइतबार फिर्ता पठाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी फेरि विवादमा तानिएकी छन्। दोस्रो कार्यकाल सकिन केही महिना बाँकी रहेका बेला राष्ट्रपति भण्डारीले संघीय संसद्ले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गरी प्रमाणीकरणका लागि पठाएको दुई सातापछि प्रमाणीकरण नगरी सदनमै […]
राजीनामा नदिए राष्ट्रपतिलाई महाअभियोग लगाउन तरुण दलको माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ। आइतबार राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमा फिर्ता गरेपछि तरुण दलले राष्ट्रपतिको राजीनामा माग गर्दै नदिएमा महाअभियोग लगाएर भए पनि पदच्यूत गर्नु पर्ने माग गरेको हो । राष्ट्रपतिले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादा अनुसार काम गर्न नसकेको […]
माधवको चमत्कार, मन्त्री पद गुमाएका यी सांसदलाई दिए महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । मन्त्रीबाट फिर्ता बोलाइएका नेकपा (एकीकृत समाजवादी)का सांसदहरुलाई संसदीय समितिको जिम्मेवारी तोकिएको छ। सरकारमा सहभागी तीन मन्त्रीलाई एकीकृत समाजवादीले फिर्ता बोलाएर नयाँ मन्त्री पठाएपछि मन्त्रीबाट फिर्ता बोलाइएका सांसदहरुलाई सभामुखको प्रस्तावमा संसदीय समिति सदस्यमा जिम्मेवारी दिइएको हो। जसमध्ये रामकुमारी झाँक्रीलाई अर्थ समिति, किसनकुमार श्रेष्ठलाई राज्य व्यवस्था तथा सुशासन समिति र विरोध खतिवडालाई सार्वजनिक लेखा समितिको […]
रुपन्देहीमा लुटेरा समुहको गोली प्रहारबाट एक जना युवक घाइते

बुटवल । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बस्ने विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । ओमसतिया गाउँपालिका–४, वसन्तपुरमा अज्ञात समूहले गुरुङमाथि गोली प्रहार गरेको थियो । रुपन्देहीकै रोहिणी गाउँपालिका–१, बाइपासस्थित सिद्धर्थ कटेजमा गए राति करिब ११ बजे उक्त समूह लुटपाट […]
सत्ता गठबन्धनका कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । गठबन्धनका दलहरूबीच आन्तरिक छलफलपछि आजको बैठकमा आ–आफ्ना अडान प्रस्तुत गर्ने तयारी रहेको बताइएको छ । आइतबार गठबन्धनका शीर्ष नेताको बैठकले कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएको थियो । बिहीबारको बैठकमा कार्यदल […]
कार्यकर्ता भर्ना गर्न मन्त्रालयमा ५२२ अस्थायी अधिकृत थपिँदै

काठमाडौ । सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । तर, ती दरबन्दी आवश्यकताभन्दा पनि कार्यकर्ता भर्ना गर्ने मनसायले नै खडा गरेको सरकारको निर्णयलाई नजिकबाट नियाल्नेहरू बताउँछन्। ‘यो गलत प्रवृत्ति हो। हामीले यसमा ‘अब्जेक्सन’ गरेका थियौं तर, सरकारले लामो समयदेखि अटेर गरिरहेको छ,’ लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली भन्छन्। […]
अगामी निर्वाचनको लागि आठ करोड मतपत्र छापिँदै

काठमाडौ । अगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभातर्फ सोहीअनुसार गरी चारवटा मतपत्रमा मतदान गर्नेगरी कुल ८ करोड मतपत्र छाप्ने तयारी गरेको हो । आयोगका प्रमुख निर्वाचन आयुक्त […]
प्रदेश सभा सदस्यमा मिर्जा राशिद बेगको चर्चा

कृष्णनगर, साउन २९ । सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा दौडधुपमा सक्रिय भएका छन् । उनीहरुले आफुले गरेको काम र आउने दिनमा गर्ने कार्यसुची लिएर दौडधुपलाई तीव्रता दिएका छन् । यति बेला नेताहरुले आ–आफ्नो पार्टीका शीर्ष नेतालाई भेट्दै टिकट पाउनको लागि पहल गरिरहेका छन् । […]
राष्ट्रपतिले फिर्ता गरिन् नागरिकता विधेयक

काठमाडौं, साउन २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छिन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो । विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) […]
भाद्र २ देखि १४ गतेसम्म कपिलवस्तुको चन्द्रौटामा तीज महोत्सव

अजय मिश्र चन्द्रौटा, साउन २८ । कपिलवस्तुको शिवराज नगरपालिकास्थित चन्द्रौटामा हिन्दू नारीहरूको महान पर्व हरि तालिका तिजको अवसरमा तिज महोत्सव २०७९ हुने सम्बन्धमा आज पत्रकार सम्मेलन गरिएको छ । छमछमी इन्टरटेन्मेन्ट प्रा. लि. कपिलवस्तुको आयोजनामा तिज महोत्सव २०७९ हुन लागेको छ । सो महोत्सव यहि भाद्र २ गतेदेखि १४ गतेसम्म रहने आयोजकले जनाएको छ । […]
